images
images

गोल्मराजा–नन्दलादेवी जात्रामा भलिबल प्रतियोगिता, पहिलो पुरस्कार ५० हजार

सिन्धुपाल्चोक ।
त्रिपुरासुन्दरी गाउँपालिका–२ ले गोल्मराजा तथा नन्दलादेवी जात्राको अवसरमा “प्रथम वडा अध्यक्ष कप २०८२” भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा नम्बर २ को पहलमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

मंसिर १६ गते उद्घाटन र मंसिर १७ गते समापन हुने यो प्रतियोगितामा सहभागी टिमहरूले मंसिर १२ गतेसम्म दर्ता गराउनुपर्नेछ । दर्ता शुल्क रु. २,००० तोकिएको छ भने प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्गत रु. ५०,००० सहित ट्रफी र मेडल, दोस्रो पुरस्कारमा रु. २५,००० सहित ट्रफी र मेडल तथा तेस्रो पुरस्कारमा रु. १०,००० सहित ट्रफी र मेडल प्रदान गरिनेछ । वडा अध्यक्ष रमेश राउतको प्रमुख आतिथ्यतामा कार्यक्रम गोल्मराजा आधारभूत विद्यालय बुङ्गथलीको प्राङ्गणमा सम्पन्न हुनेछ ।

images
images

आयोजक समितिका सदस्यहरूका अनुसार प्रतियोगितामा त्रिपुरासुन्दरी गाउँपालिकाभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । खेलाडीको परिचयपत्र अनिवार्य गर्नुका साथै निष्पक्ष खेल सुनिश्चित गर्न सबै प्राविधिक तयारी मिलाइएको आयोजकले बताए ।

यस प्रतियोगिताबाट स्थानीय युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने, प्रतिभा उजागर गर्ने र सामुदायिक मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्