images
images

सृजनशील युवा क्लब फाइनलमा प्रवेश

मेलम्ची ।

सृजनशील युवा क्लब मेलम्ची ७ छाप भोटेचौरमा जारी तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

images
images

आज भएको पहिलो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर २ लाई २-० को सोझो सेटमा पराजित गर्दै सृजनशील युवा क्लबले फाइनलमा स्थान बनाएको हो।

अब दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर १२ र मेलम्ची नगरपालिका वडा नम्बर ७ को योङ स्टार युवा क्लब बीच प्रतिस्पर्धा हुँदैछ। यस खेलको विजेताले उपाधिका लागि सृजनशील युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले तेस्रो स्थानका लागि मेलम्ची नगरपालिका वडा नम्बर २ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्