मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा जारी खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित सृजनशील युवा क्लब, मेलम्ची नगरपालिका वडा नम्बर २, योङ स्टार युवा क्लब र मेलम्ची १२ सेमिफाइनलमा पुगेका हुन् ।
आज भएको अन्तिम क्वाटर फाइनलमा मेलम्ची नौ ज्यामिरेलाई मेलम्ची १२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । त्यस्तै आजै भएको अर्को खेलमा मेलम्ची ३ लाई पराजित गरेको मेलम्ची २ पनि सेमिफाइनलमा प्रवेश गरेको छ। सृजनशील युवा क्लबले मेलम्ची नगरपालिका वडा नम्बर ८ लाई पराजित गरी सेमीफाइनलमा स्थान बनाउँदा योङ स्टार युवा क्लबले पनि फाइनल प्रवेशका लागि खेल्ने भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा भोटेचौर स्पोट्र्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा भोलि सेमीफाइनल र फाइनलका खेलहरू हुने आयोजकले जनाएको छ। भोलि फाइनल खेल हुने प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।।















प्रतिक्रिया दिनुहोस्