images
images

भोटेचौरमा भइरहेको पुरुष भलिबल प्रतियोगितामा लिग चरणका खेलहरू जारी

मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा सुरु भएको खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल भइरहेको छ।

images
images

मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा भोटेचौर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा मेलम्ची नगरपालिका वडा नम्बर १० लाई सोझो सेटमा पराजित गर्दै सिर्जनशील युवा क्लब विजयी भएको छ।

त्यस्तै दोस्रो खेलमा थकनी युवा परिषद्लाई दुई एकले पराजित गर्दै सल्ले नमुना युवा क्लब विजयी भएको छ। आजै भएको अर्को खेलमा मेलम्ची नगरपालिका वडा नम्बर २ ले वडा नम्बर ९ लाई सोझो सेटमा पराजित गरेको छ।

आजको चौथो खेलमा अहिले योङ्ग स्टार युवा क्लब र भोटेचौर स्पोर्ट्स क्लब बीच खेल आयोजक क्लबका सल्लाहकार तथा शिक्षक दीपक चौलागाईंले जानकारी दिनुभयो। यो समाचार तयार पार्दासम्म प्रतियोगितामा खेलाइने लिग चरणको १५ वटा खेलहरूमध्ये आठवटा खेल सम्पन्न भएको र नवौं खेल अहिले चलिरहेको पनि उहाँले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी १३ वटा टोलीलाई चारवटा समूहमा विभाजन गरी खेल खेलाइरहेको आयोजकले जनाएको छ। खेलको टाई सिट अनुसार अनुसार प्रत्येक समूहको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।

भोलि फाइनल खेल हुने प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्