सिन्धुपाल्चोक ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा स्थापना भई समाजसेवामा अघि बढिरहेको दुई क्लबहरू धार्पा युवा क्लब र बाह्रदेवी युवा क्लब बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
यी दुई टोली बीच यही असोज ३१ गते एन्फा खेल मैदान सातदोबाटोमा दिउँसो ३ बजे खेल हुने जनाइएको छ।
विगतका विभिन्न प्रतियोगिताहरूमा एकआपसमा प्रतिस्पर्धा गरेका यी दुई क्लबहरूबीच केही समय यता राम्रो सम्बन्ध नरहेको भन्ने चर्चाकै बीच हुन लागेको यस मैत्रीपूर्ण खेलले क्लबहरू बीच कुनै मनमुटाब नरहेको स्पष्ट पार्ने वडा धार्पा युवा क्लबका अध्यक्ष गोविन्द तामाङले बताए ।
यस प्रतियोगिताले विगतका तिता मिठा घटनालाई बिर्साउँदै एकआपसमा सहकार्य गरी अगाडि बढाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको पनि बाह्रदेवी युवा क्लबका अध्यक्ष गणेश बस्नेतको भनाइ छ ।
सामाजिक कार्यमा अघि बढ्ने उद्देश्यले स्थापना भएका यस्ता समूहहरू एकआपसमा नकारात्मक रुपमा प्रतिस्पर्धा गर्नुभन्दा पनि सकारात्मक प्रतिस्पर्धा गर्दै एकआपसमा सहकार्य गरी अघि बढ्न पर्ने वडा अध्यक्ष जीवन कुमार भण्डारीको भनाइ छ।
साथै यस प्रतियोगिताले युवाहरूलाई एककृत गरी समाजसेवा गर्दै खेल क्षेत्रको विकास र प्रवर्धनमा अघि बढ्नेगरी प्रेरणा मिल्ने विश्वास लिइएको छ ।
















प्रतिक्रिया दिनुहोस्