images
images

बाह्रबिसेका योञ्जन आमाछोराले नेपाललाई ३ पदक दिलाए

काठमाडौ ।

एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा  नेपालको तर्फबाट सहभागी आमा-छोरा झरना र अंकित योञ्जनले ३ पदक जित्न सफल भएका छन् । श्रावण ३०,३१ र भाद्र १ गते नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा नेपालका लागि अंकितले २ र झरनाले १ पदक दिलाएका हुन ।

images
images

५६ केजिमा खुल्ला तर्फ झरनाले कास्य र अंकितले ६९ केजिमा १४-१८ उमेर समुहमा स्वर्ण तथा खुल्ला पुरुषमा रजत पदक हात पारेका हुन ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धारपा निवासी अंकित योञ्जन र झरना योञ्जन आमा छोरा हुन् । उनीहरू दुवैजना एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ का लागि नेपालको तर्फबाट सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्