images
images

तातोपानी नाकाको अवस्थाबाट आजित बनेका व्यावसायिले अर्थ मन्त्रीको ध्यानाकर्षण गराए

सिन्धुपाल्चोक ।
नेपाल चीन उत्तरको नाका तातोपानीबाट आजित बनेका व्यावसायिले अर्थमन्त्री बिष्णु पौडेललाई नाका बारे ध्यानाकर्षण गराएका छ । बर्षातको समयमा बाह्रबिसे देखि मितेरी पुलको विभिन्न ठाँउमा सडक अवरोध भएको भन्दै बिहिवार अर्थ मन्त्री पौडेलको ध्यानाकर्षण गराएको नेपाल हिमालय सिमापारका महासचिव रामचन्द्र पराजुलीले बताए ।

हरेक बर्ष बर्खाको समयमा नाकामा बाढी पहिरोको कारण सडक अबरुद्ध बन्न पुग्दा आयातमा समस्या पुगेको भन्दै सघले अर्थ मन्त्री पौडेललाई भेटेर नाकाको समस्याबारे जानकारी गराएको पराजुलीले बताए ।

images
images

नेपाल हिमालय सीमापार बाणिज्य संघले सरकारको माथिल्लो निकायसग पहल गरिरहेको छ । हाम्रो अन्य व्यावसायि साथीहरु तथा सघ सस्थाले फिल्डमा खटिएर काम गरिरहेको पराजुलीले बताए ।

असर २४ को बाढीबाट क्षती ब्योहोरेको रसुवा नाका अहिले पुर्णरुपमा बन्द भएको छ । त्यसपछि व्यावसायिहरुले तातोपानीबाट आयात गरेका छन् तर नेपाल तर्फको भागमा सडक भासिदा आयात ठप्प बनेको छ । चाडपर्व नजिकिएको छ तर बाटो अबरुद्ध हुदा अहिले ब्यापारीको सामान अलपत्र परेका छन । केरुङ नाका बन्द भएपछि तातोपानीबाट सामान आयात गरेपनि तातोपानीको इको पहिरोमा सडक अबरुद्ध बन्दा ब्यापारी आजित बनेका छन् । झन्डै एक साता देखि अहिले नाका बन्द भएको छ । नाका बन्द हुदा झन्डै ६ सय कन्टेनर अलपत्र अबस्थामा छन ।

बाह्रबिसे देखि मितेरी पुलसम्म नाकाको ठाँउ ठाउमा सडक जिर्ण अबस्थामा छ । तर व्यावसायिले बाध्यतामा ढुवानी गर्न पर्ने अबस्था छ । सरकारले यस क्षेत्रमा चासो नदिदा हरेक बर्ष यहाँ समस्या निम्तिने व्यावसायिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्