सिन्धुपाल्चोक ।
गोठाटार तेक्वान्दो डोजाङले खेलाडीलाई सम्मान गरेको छ । शनिबार बिहान डोजाङले एक कार्यक्रमको आयोजना गरि नेपाल तेक्वान्दो संघको प्राबिधिक संयोजक वरिष्ठ गुरु टार्जन सुब्बा,नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य तथा गोठाटार तेक्वान्दो डोजाङ्गको सल्लाहकार हेमन्त डाङ्गी , झापा जिल्ला तेक्वान्दो संघको अध्यक्ष बाबुलाल सुब्बाज्यु, सोलुखुम्बु जिल्ला तेक्वान्दो संघको अध्यक्ष न्हवाङ्ग केसर लामा र दोलखा जिल्ला तेक्वान्दो संघको सचीव नोर्बु लामा र पत्रकार बिक्रम भण्डारीलाई प्रमाणपत्र सहित सम्मान गरेको हो।
कार्यक्रममा बाह्रबिसे नगरपालिका ३ का वडा अध्यक्ष जीवन कुमार भण्डारी प्रमुख अतिथि र त्रिपुरासुन्दरी गाउँपालिका ४ का वडा अध्यक्ष बिजय गुभाजुको विशेष आतिथ्यमा उनीहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । डोजाङले सबै तेक्वान्दो खेलाडीलाई एकैठाउमा गोलबद्द गर्ने उदेश्य र उहाँहरुले खेल क्षेत्रलाई योगदान पुर्याएको भन्दै संमान गरेको डोजाङका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जीवन भण्डारीले खेल क्षेत्रले राष्ट्रलाई गरेको योगदान अतुलनीय हुने भन्दै खेल क्षेत्रलाई आफुले सहयोग गर्ने बताए । स्वास्थ्यका हिसाबले खेल क्षेत्र उपयोगी छ, हरेक खेलकुद क्षेत्रले राष्ट्रलाई चिनाउदै लागेकोले हामीले सकेको सहयोग गर्नुपर्ने बताए ।
डोजाङले देशै भरिका तेक्वान्दो खेलाडीलाई समेट्दै आएको छ, आगामी दिनमा यस्ता कार्यक्रमले खेलकुद क्षेत्रमा लागेका युवाहरुमा हौसला प्रदान हुने अध्यक्ष भण्डारीले बताए । तेक्वान्दो खेलले आफ्नो आत्मरक्षा गर्ने भन्दै सबै युवा युवतीहरुले खेल खेल्नु पर्ने डोजाङका अध्यक्ष प्रेम भण्डारीले बताए । गोठाटार तेक्वान्दो डोजाङमा देशैभरिको तेक्वान्दो परिबार जोडिने थलो बनाउने लक्ष्य रहेको भण्डारीले बताए ।















प्रतिक्रिया दिनुहोस्