images
images

माओवादीले बिकास भन्दा बिरोध मात्रै गरेर हिड्ने गरेको काङ्ग्रेस नेताहरुको आरोप

काठमाडौं । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेताहरूले माओवादीका नेताले काङ्ग्रेसले गरेको बिकासको काममा अबरोध पुर्‍यादै हिड्न थालेको आरोप लगाएका छ्न। सिन्धुपाल्चोकमा काङ्ग्रेसको बिकास कार्यको बिरोध गर्दै माओवादी नेताहरु हिड्न थालेको आरोप लगाएका हुन ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितीले शनिबार बलेफी गाउँपालिका अन्तर्गतका कार्याकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस जिल्ला सचीव एवम् त्रीपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले माओवादीहरुहरु काङ्ग्रेस नेताहरुको बिकासका कामले छट्पटहा अबस्थामा पुगेको बताए । “हामीले माओवादीलाई गठबन्धन हुँदा भोटे हालेर पठाएको तर अहिले उनीहरु नै काङ्ग्रेस माथि जाइलाग्न थालेकाले हरेक काङ्ग्रेस कर्याकर्ता माओवादी विरुद्ध जाइलाग्न पर्ने बेला आएको छ” बोहराले भने ।

images
images

अहिले माओवादीका सासदहरु सामाजिक संजालमा अतिरञ्जित ढंगबाट प्रस्तुत हुने गरेकोले त्यस्ता निर्लज्ज हर्कतले काङ्ग्रेसलाई केही फरक नपर्ने बोहराले बताए ।

काङ्ग्रेस क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत माओवादीले क्षेत्र नम्बर १ मा एक सिन्को पनि नभाचेको तर बिरोध गरेर मात्रै हिड्ने गरेको बताए । माओवादीका नेताहरू काङ्ग्रेस माथि खनिन थालेका छन यसको परिणाम राम्रोसँग भोग्नु पर्ने मेयर बस्नेतले चेतावनी दिए।

“एमाले- माओवादीका नेताहरूले मोहन बस्नेतको बिरोध गर्न थालेका छ्न उनीहरुको बिरोधले काङ्ग्रेस नेताहरुलाइ केही फरक पर्दैन” उनले भने, माओवादी नेताहरूको नाडी छामिसकेकोले आउँदा दिनमा माओवादीले निर्वाचनमा मुल्य चुकाउनु पर्ने छ ।”

काङ्ग्रेस नेता केदार क्षेत्रीले सिन्धुपाल्चोकका माओवादी नेताहरूको न व्यावसाय छ न त ब्यापार छ न जागिर छ तर करोडौंको गाडी चढेर हिड्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । काङ्ग्रेसमा त सबै व्यावसायि छन ठेकेदार छन काङ्ग्रेस माथि माओवादीका नेताले प्रश्न गर्न कुनै ठाँउ नरहेको बताए । अग्नि सापकोटालाई हत्याको आरोप लागेको छ तर काङ्ग्रेसले कहिले पनि उसलाई बिरोध गरेन तर माओवादीले काङ्ग्रेस नेताहरूको बिरोध गर्नुमा कुनै तुक नरहेको बताए ।

कार्यक्रमलाई समापन गर्दै काङ्ग्रेस नेता सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिका अध्यक्ष सुबास तिमल्सिनाले बलेफि र सिन्धुपाल्चोकमा काङ्ग्रेसले थप बिजय हासिल गर्ने बताए । शनिबार भएको कार्याकर्ता भेला कार्यक्रममा एमाले माओवादीका सयौं नेता तथा कार्याकर्ता काङ्ग्रेस प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्