सञ्जय तामाङ, सिन्धुपाल्चोक
जिल्लास्तरीय पाँचपोखरी टी २० क्रिकेट प्रतियोगिताको सातौं संस्करण टियु क्रिकेट रङ्गशालामा हुने भएको छ ।
शुरुवाती तीन वर्ष पाँचपोखरी थाङपाल गाउँपालिकाकै विभिन्न स्थानका खेतको गह्राहरूबाट खेल्न शुरु भएको प्रतियोगिताले सातौं संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय मैदानसम्मको यात्रा तय गरेको छ ।
यो जिल्लाका क्रिकेट अभियानताहरुको अथक् प्रयासले सम्भव भएको जिल्ला क्रिकेट संघका सचिव अजय धितालको भनाइ छ । साथै प्रतियोगिता आयोजना, कोच तालिम, अम्पायर कोर्सको लागि काठमाडौँ जिल्ला क्रिकेट संघसँग सहकार्य, भारतमा खेलाडीको लागि उच्चस्तरीय तालिमलगायत जिल्ला क्रिकेट संघले लामो समयदेखि जिल्लामा विभिन्न क्रिकेट गतिविधिहरु गरिरहेकाले नेपाल क्रिकेट संघले सिन्धुपाल्चोक जिल्लालाई मान्यता दिनेमा आशावादी रहेको सचिव धितालले बताए ।
पछिल्ला ३ संस्करणहरू मूलपानीमा रहेको क्रिकेट रङ्गशालामा भएको प्रतियोगिता यसपटक भने त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न लागिएको हो।
प्रतियोगिता जेठ २७ गतेदेखि अषाढ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका, गाउँपालिका खेलकुद विकास समिति तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता आह्वान पनि गरिएको छ।















प्रतिक्रिया दिनुहोस्