मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा धमाधम कालोपत्र भइरहेको छ ।
व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजनाले जनाएको छ ।
बजारको मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । स्थानीय बागबजार खण्डमा कालोपत्र गरिसकिएको छ भने दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि कालोपत्रको काम अघि बढाइएको छ ।
दमौली बजारमा अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्