काठमाडौँ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि रोकिएको छ ।
विभिन्न माग राखेर स्थानीय बासिन्दाले अवरोध गरेपछि चैत्र ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । काम रोकिएसँगै कात्तिकदेखि सञ्चालनको तयारीमा रहेको सुरुङमार्ग चल्नेमा अन्यौल सिर्जना भएको छ । काम शुरु भएदेखि अहिलेसम्म १२ पटकभन्दा बढी चोटि अवरोध भइसकेको छ ।
स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मुआब्जा दिनुपर्नेलगायत माग गर्दै आयोजनाको काम रोकिदिएका हुन् ।













प्रतिक्रिया दिनुहोस्