images
images

काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मंगलबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
images

कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्