काठमाडौँ । राजसंस्था पुर्नस्थापना र बन्दी रिहाइको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रदर्शन गर्दैछ।
राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न आग्रह गरेको थियो। राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता रकार्यकर्ताको रिहाइको मागसहित केही दिनदेखि आन्दोलनरत उत्रिएको छ।
चैत्र १५ मा राजावादी शक्तिले गरेको प्रदर्शन हिंसात्मक भएपछि आज प्रशासनले राप्रपालाई बल्खुमा जनप्रदर्शनका लागि स्थान दिएको हो। प्रदर्शन शान्तिपूर्ण हुने राप्रपाको दाबी छ।
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई प्रहरीले पक्राउ गरे राजावादी आन्दोलन निर्णायक बन्ने चेतावनी दिएका छन्।















प्रतिक्रिया दिनुहोस्