काठमाडौँको वायु प्रदूषण अझै उच्च विन्दुमा रहेको छ ।
आईक्यू एयरको सोमबार बिहानको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा रहेको छ ।
भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको याङ्गुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेका छन् ।
आज काठमाडौँको हावाको गुणस्तर २३० एक्यूआई रहेको छ । यसलाई धेरै नै अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्