images
images

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग भेट्ने

काठमाडौं । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पनि सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रबार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिम्स्टेक सम्मेलनमा जाने क्रममा प्रधानमन्त्री ओलीले मंगलबारदेखि थाइल्याण्डको औपचारिक भ्रमण शुरु गरेका छन् । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार औपचारिक भेटवार्ता सम्पन्न भयो । त्यस क्रममा दुई देशका सरकार तथा निजी क्षेत्रबीच विभिन्न सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्