काठमाडौं । विद्यालय शिक्षकहरु पुन आन्दोलित भएका छन् । सरकारले आफूहरुलाई बेवास्ता गरेको शिक्षकहरुको गुनासो छ ।
हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा प्रस्तुत नभर्इ संसद् अधिवेशन अन्त्य भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ । समितिले वार्ताका माध्यमबाट समस्या समाधान हुने भएकाले आन्दोलन त्यागेर छलफलका लागि आउन आग्रह गरेको छ । तर नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंमा प्रदर्शन गर्दैछ । महासंघले माइतीघर मण्डलामा धर्ना दिने जनाएको हो ।













प्रतिक्रिया दिनुहोस्