देवदह । नेपाली लेखक संघले नयाँ नेतृत्व पाएको छ ।
आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीलाई अध्यक्षमा चयन गरेको छ। लुम्बिनीमा सम्पन्न अधिवेशनमा प्रतिस्पर्धी रत्नमणि नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा बुढाथोकी विजयी भएका हुन् ।
अन्य केही पदहरूमा पनि प्रतिस्पर्धा भएको थियो । सह–अध्यक्षमा मनोज न्यौपानेले डा. शैलेन्दु नेपाललाई पराजित गर्दै विजयी भए । महासचिवमा सोझो गाउँलेले प्रकाश विमिललाई पराजित गर्दै विजय हासिल गरे ।
अन्य पदहरू भने सर्वसम्मत चयन भएको छ । खुल्ला उपाध्यक्षमा दामु मर्सिफुल, डा. इश्वरमणि अधिकारी, डा. विष्णु के।सी र डा. शशि थापा पण्डित चयन भएका छन् । महिला उपाध्यक्षमा विमला तुम्खेवा, परराष्ट्र उपाध्यक्षमा युवराज डिसी, उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशुकुमार केसी तथा खुल्ला सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समीर सर्वसम्मत निर्वाचित भएका छन् ।
महिला सचिवमा निर्मला कोइराला निर्विरोध निर्वाचित हुँदा सदस्यहरूमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवाकर घिमिरे, विमल बैद्य, अमृत क्षेत्री, हरिप्रसाद चालिसे, मोहव वाग्ले र रामचन्द्र घिमिरे चयन भएका छन् । प्रदेश प्रतिनिधिहरूमा कोशी प्रदेशबाट जेबी खत्री, वागमतीबाट भगवती खनाल, गण्डकीबाट डा. गणेशप्रसाद शर्मा, लुम्बिनीबाट लीलाधर पाण्डेय, कर्णालीबाट कमला केसी र सुदूरपश्चिमबाट प्रा. भोजराज जोशी निर्विरोध चयन भएका छन् ।
महिला सदस्यमा राधिका गुरागाई, गंगा विष्ट, शोभा अधिकारी, इन्दिरा निरौला र सन्जाकुमारी दनुवार, दलित सदस्यमा गणेशबहादुर नेपाली, आदिवासी जनजाति सदस्यमा मनु योङहाङ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै द्रोपती डाँगा सदस्यमा चयन भएका छन् ।















प्रतिक्रिया दिनुहोस्