काठमाडौँ । सङ्घीय संसदका दुवै सदनको चालू अधिवेश अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
आजको संसद् बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशनको थालनी भएको थियो ।















प्रतिक्रिया दिनुहोस्