[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
सिन्धुपाल्चोक । भोटेकोशी गाउपालिकाको हिमाली बस्ती लिस्तीमा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ।
भोटेकोसी गाउँपालिका १ निर्माण भएको १ तले भवन शुक्रबार पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् काङ्ग्रेस सांसद मोहनबहादुर बस्नेतले एक कार्यक्रमको आयोजनाका बीच उद्घाटन गरेका हुन्।
त्यस अवसरमा पूर्वमन्त्री बस्नेतले हरेक नागरिकको घरमा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र विद्युतको पहुँच पुग्नुपर्ने बताए । उनले भने, लिस्तीको बगाम छगाममा बाटो निर्माण नहुँदा हेलिकप्टरबाट ट्रान्सर्फमर पुर्याएर आफूले लिस्तीबासीलाई उज्यालोमा राखेको बताए ।
अहिले सडक निर्माण कार्य राम्रो भएको छ, अँध्यारो लिस्तीलाई उज्यालो बनाउन आफूले त्यतिबेलैदेखि हेलिकप्टर प्रयोग गरेर सेवा दिएको बताए । स्वास्थ्य चौकी भवनले अब स्थानीयलाई सेवा दिने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेश सासद एवम् पूर्व वनमन्त्री मसिना खड्काले स्थानीय तहलाई प्रदेश सरकारसग समन्वय गरेर पालिकालाई थप विकासउन्मुख पालिका बनाउनुपर्ने बताइन् ।
काङ्ग्रेस उपसभापति दोर्जे लामाले लिस्तीमा पछिल्लो समय विकासको कामले फड्को मार्दै गएको बताए । उनले भने, हामीले स्थानीयहरुको समस्या बुझेर समाधान गर्न जरुरी छ, यहाँबाट निर्वाचन जितेका माओवादी सांसदले विकासको काम केही गर्न सकेनन्, उनीहरुलाई निर्वाचन जित्नु मात्रै थियो, निर्वाचन जितेपछि लिस्तीका स्थानीयलाई बेवास्ता गरे ।
भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले आफू निर्वाचन भएर आए यता विकासको कामले गति लिएको बताए । 0७९ अघि यस्ता योजनाको काम केही नभएको भन्दै उनले आफूहरु आएपछि सडक निर्माणदेखि शैक्षिक क्षेत्रमा समेत सुधार हुँदै आएको दाबी गरे । पालिकाले आन्तरिक बजेटबाट विकास निर्माणका काम निरन्तर गरिरहेको अध्यक्ष शेर्पाले बताए ।
स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेको लिस्तीका स्थानीयले थप स्वास्थ्य सेवा पाउने भएका छन् । भोटेकोसी १ मा पर्ने बगाम, छगाम, लिस्ती, छ्याङ्सिङ, सोताङ, घिप्चेलगायत बस्तीका स्थानीयले अब लिस्ती स्वास्थ्य चौकीबाट थप सेवा पाउने भएका हुन् । विगतमा एउटा फ्रि-फ्याप भवनबाट सञ्चालन भएको लिस्ती स्वास्थ्य चौकी अब आफ्नो भवनबाट सञ्चालनमा आउनेछ।
शुक्रबार भवन उद्घाटनसँगै पालिकाले वीर अस्पतालसँग समन्वय गरी स्वास्थ्य शिविर समेत सञ्चालन गरेको भोटेकोसी गाउँपालिका १ का अध्यक्ष राजु लामाले बताए । शिविरबाट झन्डै ३ सय स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।















प्रतिक्रिया दिनुहोस्