काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित निकालेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १(० गोलले पराजित गरेको हो ।
नेपालको जितमा जिलेप्सीजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा मनीष डाँगीको क्रसमा पेनाल्टी बक्सबाट गोल गरेर नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् ।
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक सिंगापुरलाई पराजित गरेको हो । नेपालले अब एसिया कप छनोटको तेस्रो चरणमा मलेसियासँग खेल्नेछ ।















प्रतिक्रिया दिनुहोस्