images
images

मैत्रीपूर्ण खेलमा नेपाल र सिंगापुर आमनेसामने हुने

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल शुक्रबार सिगांपुरसँग प्रतिस्पर्धा गर्दै छ।

दुई देशबीचको खेल सिंगापुरको नेसनल स्टेडियममा नेपाली समयानुसार साँझ सवा ६ बजे शुरु हुनेछ।

images
images

मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली मंगलबार नै सिंगापुर प्रस्थान गरेको थियो।

नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसका लागि यो पहिलो खेल हुनेछ।

प्रशिक्षक म्याटले उक्त खेलका लागि गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास वम ठकुरीलाई नयाँ अनुहारका रूपमा टोलीमा समेटेका छन्।

नेपाली टिम
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्