काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि सरकारले ४ वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ ।
यही फागुन मसान्तभित्र चारवटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको हो ।
सडक विभागका अधिकारीहरुले चारवटा प्याकेजमा ठेक्का आह्वान गरिने र त्यसमध्ये एउटा प्याकेज जाइकालाई निर्माण गर्न दिने तयारी भएको जानकारी दिए ।
यसमध्ये पहिलो प्याकेज नेपालथोक–बर्खे खोला सडक खण्डको ठेक्का आह्वान गरिएको छ । बुधबार सडक डिभिजन खाल्टे सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडक खण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनर्निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
अब बाँकी तीनवटा प्याकेजमध्ये एउटा प्याकेज पुनर्निर्माणका लागि जाइकालाई दिने बताउँदै जापानलाई पर्खिँदा एउटा प्याकेजको ठेक्का आह्वान गर्न ढिलो हुनसक्ने सडक विभागका अधिकारीहरु बताउँछन् ।















प्रतिक्रिया दिनुहोस्