काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् ।
शुक्रबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिए ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आयोगको २४ औँ वार्षिक प्रतिवेदन सभामा पेश गरे । ऊर्जा मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेश गरे । विधेयक प्रतिनिधिसभाका सदस्यहरुले स्वीकृत गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्