images
images

सङ्घीय मामिलामन्त्री गुप्तासँग नर्वेकी राजदूत ड्रामडालको भेट, निजामती विधेयकबारे चासो व्यक्त

काठमाडौं । नेपालका लागि नर्वेकी राजदूत तोरन ड्रामडालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग शिष्टाचार भेट गरेकी छन् । राजदूत ड्रामडालले मन्त्री गुप्तासँग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजो मंगलबार भेट भएकाे हाे । भेटका अवसरमा नेपाल र नर्वेको द्विपक्षीय हितका साथै समसामयिक विषयहरूमा छलफल भएको मन्त्री गुप्ताले जानकारी दिए।

भेटमा मन्त्री गुप्ताले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) लाई नेपाल सरकारको सङ्घीयतामा आधारित प्रमुख कार्यक्रम ‘फ्लागशीप कार्यक्रम’ बनाउन सहयोग गरेकामा नर्वेलगायत विकास साझेदारहरूलाई धन्यवाद ज्ञापन गरे । ‘नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार हो,’ मन्त्री गुप्ताले भने, ‘नेपाललाई आफ्नो दीर्घकालीन विकासको साझेदार मुलुकमा राख्नुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ नेपाल र नर्वेबीच सन् १९६४ देखि द्विपक्षीय साझेदारी रहँदै आएको छ ।

त्यस्तै, मन्त्री गुप्ताले जलवायु परिवर्तन विश्वकै सरोकारको विषय बनेको र नर्वेले यस विषयमा गरेको कामको उच्च प्रसंशा गरे । जलवायु परिवर्तनबाट हिमाल र हिम श्रृङ्खलाहरूलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमालको मुद्दाको पक्षमा वकालत गर्दै आएको स्मरण राजदूत ड्रामडाललाई गराए । यसैगरी, नेपाल सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको चर्चा गर्नुहुँदै सो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपाललाई नर्वेलगायत विकास साझेदारहरूबाट स्रोतसाधन, प्राविधिक सहायता र आर्थिक साझेदारी आवश्यक रहेको उल्लेख गरे। मन्त्री गुप्ताले नर्वे प्रशासनिक विकेन्द्रीकरणको राम्रो नमूना भएको समृद्ध मुलुक भएकाले त्यसबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उल्लेख गरे ।

मन्त्री गुप्तासँगको भेटमा राजदूत ड्रामडालले ‘पीएलजीएसपी’ को ‘ज्वाइन्ट फाइनान्सियल एग्रिमेन्ट’ को संशोधनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खेलेको भूमिकाको उच्च प्रशंसा ग गरे। उनले ‘सङ्घीय निजामती सेवा विधेयक’को पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुहुँदै मन्त्री गुप्तासँग विस्तृत जानकारी समेत लिए । त्यस सम्बन्धमा मन्त्री गुप्ताले भने , सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको व्यापक छलफल सकिएको छ । अहिले हामी दफावार छलफलमा छौँ । यही संसद अधिवेशनबाट विधेयक पारित गराउनेगरी काम गरिरहेका छौँ ।’

यसैगरी राजदूत ड्रामडालले सङ्घीयता कार्यान्वयन र विशेषगरी अन्तरसरकारी समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम) को थप सक्रिय भूमिकाका लागि मन्त्री गुप्ताको समन्वयको अपेक्षा गरेको बताए भने मन्त्री गुप्ताले त्यसतर्फ आफ्नो पहल जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्