images
images

काठमाडौं महानगरपालिकाले थाल्यो जिआईएस नक्सांकन, भौतीक संरचनामा मौलिक नामाकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङकन गर्न थालेको छ ।

गत पुस ९ गतेदेखि ५ भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ सिनियर सर्भेयरबाट नक्साङकनको काम थालिएको हो । नक्साङकनका क्रममा यस अघि गरिएका कामबाट प्राप्त उपलब्धीलाई थप गर्दै लगिनेछ ।

कार्यक्रमलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्य सहित हरी व्यवस्थापन विभागले आइतबार वडाध्यक्ष, विभागीय प्रमुख र इञ्जिनियहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । ‘यसअघि नक्सा बनाउँदाको अवस्था र आवश्यकता फेरिएर सहरले अहिले फरक अवस्था धारण गरेको छ,’ भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्नेछ । यसका लागि काम थालिएको हो ।’

छलफलमा वडाध्यक्ष दलबहादुर कार्कीले प्रचलित नामलाई मौलिक नाममा कसरी अभ्यस्त गराउन सकिन्छ भनि स–साना कार्यक्रम कार्यान्वयन गर्दै दीगो रुपमा लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न वडाहरुमा माग आएको आएकै छन् । समन्वय गरेर दिगो हुने काम गरौं।’

अन्तरक्रियामा महानगरपालिकाका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठले २०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरुको नामाङकन र नक्साङकन अवस्थालाई अद्यावधिक गरिने बताए । ‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो । कार्यक्रमले प्रदान गरेको भौगोलिक सूचना र सेटलाइट तस्विरको मद्दतले अहिलेसम्ममा २ हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्साङ्कन र नामाङकन भइसकेको छ । सेटलाइट इमेजबाट एकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

महानगरले नक्साङकनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार गर्नेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङक हुनेछन् ।

अहिले सडकहरुको नक्साङकन गर्ने र सूची तयार पार्ने, काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरुलाई एकीकृत गर्ने, सडकहरुको मौलिक र वैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन गर्नु तथा नक्साङकन गर्नु कार्यक्रमको लक्ष्य छ ।

भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याङक उपलब्ध हुन सक्ने अवस्था छैन । महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरुको सिमानाको अवस्था मिलेको छैन । यसैकारण भवन र पूर्वाधारहरुको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिने महानगरको योजना हो ।

नक्साङकनबाट प्राप्त तथ्याङकले राजस्व विभागलाई नक्सामा आधारित वैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आवद्ध गराउन सघाउ गर्नेछ । सहरी व्यवस्थापन विभागलाई घर नक्सा, यातायात र स्मार्ट टोलका लागि विश्लेषणयुक्त प्रणाली उपलब्ध हुनेछ । जोखिमयुक्त स्थानको पहिचान गर्न, विपद व्यवस्थापनमा पूर्व तयारी तथा प्रतिकार्य योजना गर्न, आपतकालीन अवस्था व्यवस्थापनका तयारीका लागि विपद व्यवस्थापन विभागलाई काममा मद्दत हुनेछ । फोहरमैला संकलन, ढुवानी तथा व्यवस्थापनका लागि वातावरण व्यवस्थापन विभागलाई रुट निर्धारण गर्न सहज हुनेछ । नागरिकको स्वास्थ्य संस्थामा पहुँच बढाउन, रोग तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य विभागलाई सहयोग हुनेछ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुनेछ ।

यसैगरी, ठेगानामा आधारित सामुदायिक पशुपन्छीको तथ्यांक राख्न कृषि तथा पशुपन्छी विभागलाई, सहकारीहरुको स्थान निर्धारण गरेर नियमन गर्न सहकारी विभागलाई, गरिबी उन्मुलन, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास विभागलाई, तथ्याङक विश्लेषण गर्न सूचना प्रविधि विभागलाई, सडक, पैदल मार्ग, भौतिक संरचनाहरुको योजना तर्जुमा तथा कार्यान्वयन निगरानीका लागि सार्वजनिक निर्माण विभागलाई मद्दत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्