images
images

राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी पूरा, फागुन ४ गतेबाट सुरु हुँदै

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अगुवाइनमा काठमाडौंमा आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

गत वर्षदेखि संघीयता संरचनाअनुसार सुरु भएको दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको तयारीमा सात वटै प्रदेशका ललितकलाकर्मी जुटेका छन् । यसपाली फागुन महिना ललितकलामय हुन लागेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले जानकारी दिए ।

उनका अनुसार नेपाली ललितकला क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रम (महाउत्सव) मानिने ललितकला प्रदर्शनीमा देशभर एक हजारभन्दा बढी कलाकृति प्रदर्शनी हुने र त्यसबाट छनोट गरिएको कलाकृतिलाई गणतन्त्र दिवसका अवसरमा आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गराइने छ ।

सोहीअनुसार अहिले प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यलाई हरेक प्रदेशको जिम्मेवारी दिएर प्रादेशिक प्रदर्शनीको तयारी गरिएको छ । यही फागुन ४ गतेबाट सुरु हुने प्रादेशिक प्रदर्शनी आगामी चैतको १ गतेसम्म चल्ने छ । फागुन महिना सातै प्रदेश ललितकलामय हुँदैछ ।

महिनाव्यापी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा फागुन ४ देखि ८ गतेसम्म, कर्णाली प्रदेशमा फागुन ६ देखि १०, सुदुरपश्चिम प्रदेशमा फागुन ८ देखि १२, लुम्बिनी प्रदेशमा फागुन १० देखि १४, कोशी प्रदेशमा फागुन १६ देखि २०, मधेश प्रदेशमा फागुन २१ देखि २५ र बागमती प्रदेशमा फागुन २७ देखि चैत १ गतेसम्म प्रादेशिक कला प्रदर्शनी हुँदैछ ।

उक्त प्रदर्शनीका लागि प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय वान्तवालाई कोशी, अरुणा हिङ्माङलाई मधेश प्रदेश, उपकुलपति लालकाजी लामालाई बागमती, प्राज्ञ परिषद् सदस्य दिनेश्वर महतोलाई लुम्बिनी, सौरगङ्गा दर्शनधारीलाई गण्डकी, पाल्साङ्मो लामालाई कणाली र प्रदीप अधिकारीलाई सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीको संयोजनको जिम्मेवारी तोकिएको छ ।

उनिहरुले आ–आफ्नो क्षेत्रमा उक्त प्रदर्शनीको अन्तिम तयारी भइरहेको जानकारी गराएका छन । लुम्बिनी प्रदेशका प्रादेशिक कला प्रदर्शनीको संयोजन गरेका प्राज्ञ परिषद् सदस्य महत्तोले करिबकरिब तयारी पूरा भएको जानकारी दिँदै भने “लुम्बिनीमा १२५ कलाकारका करिब २०० कलाकृति प्रदर्शनी हुने छन् ।”

अन्य प्रदेशमा पनि कम्तिमा १०० देखि २०० सम्म कलाकृति हरेक प्रदेशमा प्रदर्शनी गर्न लागिएको छ । यसरी प्रदेशमा लुकेर रहेका कलालाई उजागर गर्दै माथि उठाउन र रुपान्तरणका लागि कला भन्ने उक्तिलाई सार्थक तुल्याउन हरेक प्रदेशमा कला प्रदर्शनी थालिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।

ति प्रदर्शनीमा प्रतियोगीका साथै अप्रतियोगि कलाकृतिसमेत प्रदर्शन हुनेछ । प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृति आउँदो गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा राष्ट्रिय कला प्रदर्शनीमा समावेश हुनेछ ।

यी विधामा पुरस्कृति गरिने

राष्ट्रिय प्रदशर्शनीमा एक लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार रुपैयाँ राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

यसपाली ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक÷आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक रआधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कलामा कलाकारलाई पुरस्कृति गरिने छ ।

यस्तै प्रदेशगत रुपमा ५० हजार राशिको सबै प्रदेशबाट उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै ३० हजार रुपैयाँ राशिको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक÷आधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्