images
images

क्यान मेलामा छायो ‘कता हो’ एप, कोरिया, जापान र युकेबाट आयो लगानी प्रस्ताव

काठमाडौँ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मेला आज सकिएको छ ।

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भएको पाँच दिने मेलामा प्रविधिप्रेमी अवलोकनकर्ताले बाक्लो उपस्थिति जनाएको आयोजकले बताएको छ ।

क्यान इन्फोटेकको यो ३०औं संस्करणमा सूचना प्रविधि सम्बन्धि १५० भन्दा बढी सामग्रीको स्टल राखिएका थिए । सो मध्ये अन्तिम दिन सोमबार पनि मेलामा ‘कता हो’ एपमा प्रविधि प्रेमी अवलोकनकर्ताले विशेष चासो देखाएर रुचाएको सञ्चालक दीपक थापाले बताए ।

उनले भने, ‘मेलाको अन्तिम दिन आज उत्साहजनक भिड देखियो । १५० भन्दा बढी स्टल मध्येमा कता हो एपले अवलोकनकर्तालाई विशेष आर्कर्षित गर्यो । हाम्रो एप एक लाख पटक भन्दा बढी डाउनलोड भैसकेको छ ।’


उनका अनुसार प्रविधि रुचाउने नयाँ युवा पुस्ता सँगै मेलाकाे विभिन्न जिल्लाका मेयर उप–मेयर सम्मले उत्सुकतापूर्वक अवलोकन गरेका छन् । उनले आफूहरुलाई एपबारे दर्शकले सकारात्मक प्रतिक्रिया दिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट समेत एप बारे चासो व्यक्त गरिएको जानकारी दिए ।

तीन देशबाट लगानीकाे प्रस्ताव आएको थापाले बताए ।  उनले १८ वटा फिचर समावेश गरिएको एपमा हाल पाँच ओटा मात्रै राखिँदा पनि अवलोकनकर्ताले रुचाएको बताए ।  ‘कता हो एपको १८ ओटा फिचर मध्ये अहिले पाँच ओटा मात्रै फिचर लन्च भएको छ । १३ ओटा फिचर आउनै बाँकी छ । जम्मा पाँच ओटा फिचर राखेर प्रर्दशनीमा ल्याउँदा पनि नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै छाउन सफल बनेको छ । कोरिया जापान र युकेबाट लगानी गर्ने अफर आएको छ ।’

उनले कता हो कम्पनी पब्लिकमा लैजाने तयारी गरिराखेको जानकारी दिए । उक्त एपमा राखिएको एसओएस सिस्टमले ६ सेकेण्डसम्म बटम दबाउँदा बिना मोवाइल नम्बर आवश्यकता हेरी दमकल पठाउन तथा प्रहरीमा सूचना पुर्याउने थापाले बताए ।


‘एपमा राखिएको एसओएस सिस्टमले ६ सेकेण्डसम्म बटम दबाउँदा मोवाइल नम्बर र ठेगाना बिना नै आवश्यकता हेरी दमकल पठाउन तथा प्रहरीमा सूचना पुर्याउन मद्दत गर्छ । एउटा बटम दबाउँदा तपाइँले आफ्नो सुरक्षाको प्रतयाभूति गर्न सक्नुहुने छ, जुन विश्वको कुनै पनि एपले गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्