images
images

जीरो एमिसन राइडले ल्यायो ‘विङ्गर’ स्कुटर, मूल्य २ लाख ९ हजार ७ सयदेखि सुरु

काठमाडौँ ।  नेपालको इलेक्ट्रिक स्कुटर बजारमा सक्रिय जीरो एमिसन राइड एनले आफ्नो नयाँ मोडल “विङ्गर“ इलेक्ट्रिक स्कुटर भित्र्याएको छ ।

चीनमा उत्पादन भएको स्कुटरको यो मोडललाई “बोल्ड र आकर्षक“ डिजाइनमा प्रस्तुत गरेको जीरो एमिसन राइडले जनाएको छ ।

सारथी इकुटर ब्राण्डको यो मोडल “विङ्गर“ मा ३९०० वाटको पावरफुल मोटर जडान गरिएको छ, जसले उत्कृष्ट पर्फर्मेन्स दिनेछ । स्कुटरमा ७२ भोल्ट एएच ३८ ग्राफिन र ७२ भोल्ट ४० एएच लिथियम आयन गरी दुई भेरियन्टमा ब्याट्री जडान गरिएको छ । ७२ भोल्ट ३८एएच ग्राफिन भेरियन्टले १०० किलोमिटर रेञ्ज प्रदान गर्छ भने ७२ भोल्ट ४० एएच भेरियन्टले अझ बढी रेन्ज दिने विश्वास कम्पनीको छ ।
७२ भोल्ट ३८ एएच क्षमताको ठूलो ब्याट्री प्याक प्रयोग गरिएकाले एकपटकको फुल चार्जमा यसले करिब १०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ । यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा रहेको छ । डबल डिस्क ब्रेक र दुबैवटा १२ इन्चका टायरले यसलाई अफरोडको लागि पनि सहज बनाएको छ ।

यसमा डिजिटल डिस्प्ले, एनएफसी कार्ड, एन्टि–थेफ्ट अलार्म, ह्विल लक सिस्टम, पार्किङ सेन्सर, साइड स्ट्यान्ड सेन्सर, रिभर्स गियर मोड, रिजनरेटिभ ब्रेकिङ सिस्टम लगायतका फिचरहरू छन् । साथै, इको, कम्फर्ट र स्पोर्ट गरी तीनवटा मोडमा चलाउन सकिने सुविधा उपलब्ध छ । कम्पनीले ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्ट स्कुटरको मूल्य २ लाख ९ हजार ७ सय रुपैयाँ र ७२ भोल्ट ४० एएच लिथियम आयन ब्याट्री जडान गरिएको स्कुटरको २ लाख ५४ हजार ७ सय रुपैयाँ  तोकेको छ ।

जीरो एमिसन राइड एनले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आएको छ । कम्पनीको काठमाण्डौँ उपत्यकामा मात्र करिब १४ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ प्वाइन्ट संचालनमा रहेको छ भने नेपालका विभिन्न १४ शहरहरुमा डिलर नेटवर्क विस्तार गरेको छ ।

“विङ्गर“ को आगमनले नेपाली ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्