images
images

कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौंः गोमादेवी तिमिल्सिना

काठमाडौं ।मुलुकको राजनीति अहिले पनि सही अवस्थामा अघि बढ्न सकेको छैन । किनभने लोकतन्त्रको सुन्दर पक्ष पहिलो पार्टीले सत्ता चलाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बसेर खबरदारी गर्ने भन्ने मान्यता छ, तर अहिले अवस्था त्यस्तो छैन । दुई ठूला दल मिलेर सरकार चलाउँदा विपक्षी आवाज कमजोर बनेको अनुभूति भइरहेको छ । हिजो पनि वामपन्थी दलहरुको दुई तिहाइ नजिकको अवस्थालाई भताभुङ्ग बनाउने काम भयो । संसद्मा क्रियाशील साना दल केही होइनन् भन्ने प्रवृत्ति हाबी छ । पछिल्लो समय संविधान दश वर्षमा समीक्षा गर्नुपर्छ भन्ने भाष्य अघि सारिएको छ । संविधान संशोधन दुई ठूला दलले मात्र गर्न सक्ने कुरा होइन । परिवर्तनकारी शक्तिको साझा दस्तावेजका रुपमा जारी भएकाले सबै राजनीतिक दलको सहमति चाहिन्छ । नभए यो सम्भव छैन । संविधानमा लेखिएका विषयवस्तु अहिलेसम्म के पूरा भए, के गर्न मिलेन र अब किन संशोधन आवश्यक भयो, समीक्षा गरी प्रष्ट हुनुपर्छ ।

संविधानमा लेखिएका जनताका अधिकारसम्बन्धी धेरै कुराहरु पूरा भएकै छैनन् । संविधानमा लेखिएका स्वास्थ्य, रोजगार, शिक्षा, आवासजस्ता विषयको कार्यान्वयनमा ध्यान दिएको देखिन्न । त्यसैले संविधान संशोधन गर्नासाथ देशमा रातारात विकास भइहाल्छ जस्तो लाग्दैन । जनताका अधिकार कार्यान्वयन नगरेको जिम्मेवारी सरकारले लिनुपर्छ । युवा विदेश पलायन भइरहँदा स्वदेशमा रहने वातावरण र योजना खोई ? सरकार सञ्चालन गर्नेले नै त्यसको सम्बोधन र कार्यान्वयनको जिम्मा लिनुपर्छ ।

जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । जनताले पुराना दल र त्यसको नेतृत्वमाथि आक्षेप लगाउँदा मलाई पनि मन दुख्छ, तर सरकारबाट प्राप्त गर्नपर्ने सेवासुविधा प्राप्त गर्न नसेपछि विरोध हुनलाई अन्यथा लिएर चित्त दुखाउनुपर्ने अवस्था हुन्न । उद्योगधन्दा खोल्ने, योजना बनाउने र रोजगारी दिलाउने सरकारको जिम्मेवारी हो । तर भएका उद्योग पनि क्रमशः बन्द भइरहेका छन् । अनि, कसरी युवा देशमा बस्छन् ? यसको मुख्य जिम्मेवारी ठूला दलले नै लिनुपर्छ । कहिलेकाहीँ मेरो दल नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा गएको छ, तर त्यहाँ जाने दुई थान मन्त्रीले के गर्न सक्छन् भन्ने मेरो मत हो । अहिले त त्यो अवस्था पनि रहेन ।

सरकारमा ठूलाले अनुशासनको घेराभित्र बसिदिए पो अरु सानालाई पनि मान्नुपर्छ भन्ने दबाब हुन्छ । मुुलुकमा रोग छ, गरिबी छ, दुःख छ । यहाँ हामीले चीन, अमेरिका र युरोपको उदाहरण दिनुको के अर्थ छ र ? हिजो थोरै मानिसले धेरै काम गरेर पञ्चायतलाई फालियो । अहिलेको जमाना फरक छ । पछिल्लो समय हुर्कदै गएको पीढिहरुमा कामभन्दा हाहा हुहु, फेसबुकमा अल्मलिने र अरुलाई बढी दोष थुपार्ने प्रवृत्ति बढेको छ । यो पक्षलाई राम्रो मान्न सकिन्न । सबैलाई इज्जतपूर्वक सम्बोधन गर्नुपर्छ । त्यसरी अघि बढ्दा नै समाज, मुलुकको जित हुन्छ । त्यसबाटै जनताको कल्याण हुन्छ । सबैले सहजरुपमा खान लाउन, बस्न, औषधोपचार गर्न पाए भने किन मानिस रोइलो काट्छ ?

नेपाललाई कृषिप्रधान देश भनिए पनि भएभरका जग्गाजमिन घडेरीका लागि भन्दै कित्ताकाट गरेर टुक्राटुक्रा पारिएको छ । सन्ततिको भविष्य हेरिएको छैन । भएका जमिन बाँझो राखिएको छ । बाँझो जमिन उपयोग गर्ने सरकारको नीति प्रष्ट छैन । जनताले पनि केही सोच बनाएको देखिन्न । उल्टो यहाँ केही हुन्न भनेर छोरोछोरीलाई पुस्तै बिदाइ गरेको देखिन्छ । भएका जग्गाजमिनमा खेतीबाली लगाउने, हेरचाह गर्ने र आनन्दसँग घरमा बस्नुका साटो विदेश जाने होड्बाजी राष्ट्रियहीत विपरीत हो । अमेरिका र भारतको उडिसामा भएका घटनाले विदेशमा के–कस्ता समस्या बेहोनै पर्दाे रहेछ भन्ने स्पष्ट गरेको छ । हामीले नेपाललाई नै विकास, समृद्धिमा लगेर सुविधासम्पन्न गराउन सक्नुपर्छ । समाजमा केही आमाबालाई छोराछोरी विदेश भए भने घुम्न पाइन्छ भन्ने सोचले पनि प्रभावित तुल्याएको छ । कसैले यहीँ पनि उद्योग चलाएर उदाहरण प्रस्तुत गरेका छन् । पूर्वी नेपालमा कतिपय परिवारले तानमा साडी बुनेर आकर्षक मूल्यमा बेचबिखन गरेको देखिन्छ ।

सरकारले बेरोजगारी समस्या हटाउन स–सना कुटिर उद्योगलाई सञ्चालनमा ल्याउन सहयोग गर्नुपर्छ । त्यो खाले सोच देखिएको छैन । विदेशी सहयोगमा सञ्चालन भएको कृषि औजार कारखाना बन्द भयो । त्यो सञ्चालन गर्न आत्मकथा बेचेर महावीर पुनले प्रयास गरिरहनुभएको छ । बन्द भएका बाँसबारी, हेटौँडा सिमेन्ट र वीरगञ्ज चिनी कारखाना चलाउनुपर्छ भनेर सुरुदेखि कुरा उठाइरहेकी छु । नेपाली कांग्रेसले घाटामा गएका १८ वटा उद्योग बेच्यो भनेर हिजो विरोध गरियो, अहिले वामपन्थीकै नेतृत्वमा रहेको सरकारले पनि बाँकी उद्योग बिक्री गर्न सूची तयार गरेको सुनेको छु ।

राष्ट्रियसभामा महिला भएकै कारण अवसर नपाएको अनुभूति व्यक्तिगत रुपमा मलाई भएको छैन । अवसरमा विभेद् छैन । जिल्लाका प्राथमिकताका रुपमा मकवानपुर औद्योगिक क्षेत्र भएकाले रोजगारी नै मेरो मुख्य प्राथमिकताको विषय हो । अरु जिल्लाकै जस्तो सडक, सिँचाइ लगायतका केही समस्या पनि छन् । यद्यपि, बाइरोड, कान्ति राजपथ, द्रूत मार्गलगायतका सडक सञ्जालले काठमाडौँलाई जोडेको छ । जिल्ला र नगरका विभिन्न क्षेत्रमा सडक विस्तारका काम भइरहेकै छ ।

मुख्य रोजगारीकै समस्या हो । त्यो भएन भने चुलो बल्दैन । हिजो एउटै छानामुनि एक हजार दुई सयभन्दा बढीले रोजगारी पाइरहेको हेटौँडा कपडा उद्योग बन्द छ । त्यसमा आधाभन्दा बढी महिला काम गर्थे । कानुन बनाउने सन्दर्भमा राष्ट्रियसभा मातहतका समितिबाट भगिरथ प्रयास भइरहेको छ । सरकारका प्रतिनिधिलाई बोलाएर निरन्तर छलफल गरिरहेका छौँ । आ–आफ्ना समितिमा विषयगत छलफल गरिरहेका छौँ । सरकारलाई निर्देश र सरोकारवालासँग छलफल भइरहेकै छ । देशका मुहार फेर्नुपर्छ भनेर लागेका हामीहरुले नराम्रो कहिल्यै गर्न हुन्न । सकेसम्म राम्रो गर्नुपर्छ । त्यो भएमा जनतामा आशा जागृत हुन्छ । जनताका बीचमा पुगेर निराश नहुनुस् हामी मिलेर काम गर्नुपर्छ भनेर उत्साह भर्नुपर्छ । देशमा विद्यमान तीन तहका सरकारबीच समन्वय गरेर नतिजा देखिने गरी काम गर्नुपर्छ । विकासका विषयमा राजनीति गर्न हुन्न ।

सांसद  गोमादेवी तिमिल्सिनाको काेहुन् ?
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला सहइन्चार्ज गोमादेवी तिमिल्सिनाको राजनीतिक यात्रा वि.स. २०३६ बाट सुरु भएको हो । उहाँ हाल नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले २०४३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिनु भएको थियो । उहाँले लामो समय ट्रेड युनियन आन्दोलनसँग जोडिएर काम गर्नुभयो । उहाँको हेटौँडा उपमहानगरपालिका–९ मा स्थायी बसोबास छ ।

 

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्