images
images

हङ्कङ फ्लुको प्रकोप चुलिँदै

काठमाडौं । केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरु देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोष्ट भाइरल कफ’ भन्ने गरिन्छ । र यस्तो अवस्था हाल समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया तीनदेखि आठ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोष्ट भाइरल कफ’ वा ‘पोष्ट इन्फेकसियोस कफ’ भन्ने गरिन्छ ।

सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्दछ । यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बि’, ‘सी’ र ‘डि’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बि’ भाइरसले विशेषतः स्वास्थमा समस्या निम्त्याउने गर्दछ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा पेनडेमिकको रुप दोहोरिने गरेको विगतका अनुभवहरु छन् ।

कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले पेनडेमिक घोषणा गरेको थियो । यो भाइरसलाई शुरुमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भएता पनि पछि ‘एचवान एनवान पिडिएम ०९’ नामकरण गरिएको थियो । हाल यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ । हरेक बर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिदै आइरहेको छ । त्यस्तै सन् १९१८ मा पनि फ्लु ‘ए’अन्तर्गत ‘एचवानएनवान’ प्रजातिको भाइरसले महामारीको रुप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासको उच्चतम घातक सङ्क्रामक रोगको रुपमा पनि लिने गरिन्छ । सो समयमा यो प्रजातिको भाइरसले विश्वको झण्डै एक तिहाइ जनसङ्ख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झन्डै पाँच सय लाख मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ ।

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइब एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणको रुपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पन्छीबाट मानिसमा सर्ने गर्दछ । यद्यपि हालसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने, बर्ड फ्लु पन्छीबाट मात्र मानिसमा सर्ने देखिएकामा केही महिना अगाडि अमेरिकामा गाईबस्तु वा सोको दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसको लागि यो नयाँ चुनौतीका रुपमा खडा भएको देखिन्छ ।

नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिएको थियो । तर दुर्भाग्यबस सो सङ्क्रमित युवाको भने सोही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पन्छीमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ ।

के हो त ‘हङकङ फ्लु’ ?

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचथ्री एनटु’ अर्को मुख्य प्रजाति हो । नेपालमा यो भाइरस ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरससँगै बर्सेनि देखिने गर्दछ । यसलाई ‘हङ्कङ फ्लु’ को नामले पनि चिनिने गर्दछ । सन् १९६८ मा पहिलोपटक हङ्कङमा प्रकोपको रुपमा देखिएको यो भाइरसले १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ । तर हाल यो भाइरस पनि ‘मौसमी फ्लु’ का रुपमा परिणत भइसकेको छ । दुई महिना अगाडिसम्म पनि व्यापक रहेको ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरसलाई नयाँ साल सन् २०२५ लागेसँगै ‘हङ्कङ फ्लु’ ले तीव्र गतिमा प्रतिस्थापन गरिदिएको छ ।

‘हङ्कङ फ्लु’ फैलन सुरु भएसँगै धेरै मानिसहरु बिरामी भई घरमा नै आराम गर्नुपर्ने अवस्था÷बाध्यता सिर्जना गरिदिएको छ । माथि उल्लेख गरे झैँ धेरैलाई लामो समयसम्म खोकीले समेत नछोडेको अर्थात् ‘पोष्ट भाइरल कफ’ को समस्या समेत देखिने गरेको छ । ‘पोष्ट भाइरल कफ’ को कारणमा ‘हङ्कङ फ्लु’सँगै वायु प्रदुषणको समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन । हाल वायु प्रदूषणले नेपाल आक्रान्त भइरहेको छ ।

लक्षणहरु के के हुन् त ?

यसमा समान्यतया सङ्क्रमण भएको दुई दिनमा फ्लुका लक्षणहरु देखिन सुरु हुन्छ । अचानक ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, घाटी दुख्नु, नाकबाट पानी बग्नु, बालबालिकामा विशेषतः बान्ता हुनु जस्ता फ्लु भाइरसका प्रारम्भिक तथा मुख्य लक्षणहरु हुन् । अरु लक्षणहरु केही दिनमा (एक हप्तामा) कम हुँदै जाने भए तापनि खोकी भने दुई हप्ता वा सोभन्दा बढीसम्म रहन सक्दछ । कतिपयमा भने निमोनिया वा सेप्सिस जस्तो जटिलताहरु पनि देखिने गर्दछ । ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका, दीर्घरोगी आदि फ्लु जटिलताको जोखिम पर्ने समूहहरु हुन् ।

उपचार के छ त ?

खोक्दा, हाच्छिउँ गर्दा वा सङ्क्रमितले खोख्दा ¥यालको छिटा सतहमा रहेको र सो ठाउँलाई हातले छोई नाक मुख आँखामा छोए सङ्क्रमण सर्ने गर्दछ । तसर्थ, सङ्क्रमित व्यक्तिले खोक्दा हातको बाहुलीले छोपेर मात्र खोक्नु पर्दछ । फ्लु पुष्टि भई लक्षणहरु देखिए ‘ओसेल्टेमिभिर’ नामक एन्टीभाइरल औषधि दिन सकिन्छ । यो औषधि नेपाल सरकारले विशेषतः जोखिम समूहकालाई भाइरस पुष्टि भएमा निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (केन्द्रीय प्रयोगशाला) मा हुने गर्दछ । यद्यपि, कोभिड–१९ को लहरपछि भने निजी अस्पताल वा प्रयोगशालाहरुले पनि परीक्षण गर्ने गरेको पाइन्छ । भाइरसको जटिलताबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो । यो खोप शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललगायत विभिन्न निजी अस्पतालहरुमा लगाउने गर्दछ ।

अन्तमा, मध्य डिसेम्बरसम्म चार प्रतिशतको हाराहारीमा देखिएको फ्लु भाइरस सन् २०२५ लागेसँगै ह्वात्तै बढेर झण्डै ३१ प्रतिशतको हाराहारीसम्म पुगेको छ । ‘स्वाइन फ्लु’ अर्थात् ‘एचवान एनवान पिडिएम ०९’ लाई प्रतिस्थापन गर्दै ‘एचथ्री एनटु’ अथवा ‘हङ्कङ फ्लु’ हाल तीव्र गतिमा फैलिरहेको तथ्याङ्कले देखाउँछ । तीव्रता पाएको मात्र होइन, धेरै मानिसमा लक्षणले कडा रुप लिएकोसमेत देखिन्छ । अनि कतिपयमा खोकीले हप्तौँसम्म दुःख दिएको वा लम्बिएको पनि देखिन्छ । फ्लु बर्सेनि देखिने भाइरस हो र धेरैले केही दिनको आराम पनि स्वास्थ लाभसमेत गर्दछन् तर जोखिम समूहका व्यक्तिहरुले भने जटिलताको सामना गर्नुपर्ने जोखिम भएकाले सङ्क्रमित भएको अवस्थामा चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ । फ्लुविरुद्धको खोप पनि सहज उपलब्ध भएकाले फ्लुको जटिलताबाट बच्न जोखिम समूहकाहरुले खोप लिनु सबैभन्दा राम्रो उपाय हुनेछ । (लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् )

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्