images
images

एक साता देखि बन्द तातोपानी नाका अझै अस्तब्यस्त

सिन्धुपाल्चोक ।  उत्तरी नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्त बन्ने गरेको छ । नेपाल चीन उत्तरी सीमा नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्त बन्दै आएको हो । गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको आयात व्यापारको लागी तातोपानी नाका भएपनी सडकको अबस्थाले भने उस्तै सस्ती भोग्नु परेको छ । नेपाल चीन मितेरी पुलबाट २ किमि नेपाल तर्फको बाटो भासिँदा अहिले व्यावसायिहरु मार खेप्न बध्य् छन । यहि नाका हुदै अहिले आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेका छन् । सडकको अबस्थाले पर्यटकले समेत सास्ती खेप्नु परेको जनप्रतिनिधिहरु बताउँछन ।

अरनिको राजमार्ग स्थित भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले झन्डै हप्ता दिन यता यातायात अवरुद्ध हुँदा व्यापारिक कारोबार देखि पैदल यात्री समेत समस्या पर्दै आएको छ।

images
images

यातायात अवरुद्ध हुँदा व्यापारिक सामान बोकेका झन्डै ६ सय कन्टेनर नेपाल आउन सकेका छैन भने सिमा क्षेत्र आएका कन्टेनर पनि अलपत्र अबस्थामा छन। सडक निर्माण नहुदा नजिकिदै गरेको चार्डपर्वको लागी समयमा सामान नआउँदा बजार महङ्गो भोग्नुपर्ने देखिन्छ ।

सरकारलाई तातोपानी नाका र यहाँको समस्या बारे पटक–पटक जानकारी गराउदा समेत सरकारले तातोपानी नाकालाइ ध्यान नदिएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लीका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

रसुवाको केरुङ नाका बन्द भएपछि धेरै व्यावसायिहरु समस्यामा परेका छन् । चीनबाट आयात गर्ने व्यावसायीहरु अहिले मर्कामा छन । तातोपानी नाकाबाट व्यावसाय गर्न सुझाएपनी तातोपानीमा सडकको थप समस्या आइपरेको नेपाल हिमायलन सीमापार बाणिज्य सघका महासचिव रामचन्द्र पराजुलीले बताए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले भने, सरकारले अवरुद्ध तातोपानी नाकामा सडक संचालन तत्काल नगरे भन्सार कार्यालयमा भएका सबै कन्टेनर अरनिकोको राजमार्गमा तेर्साउने उनले चेतावनी दिए । बस्नेतले भने, हामी यसै सकियौ उसै सकियौ सरकारले थप पहल नगरे भयावह अबस्था आउने चेतावनी दिए ।

अहिले पर्यटकहरु पनि आइरहेको अबस्था छ हामीले सडक खोल्दा मौसम हेरेर खोल्नु पर्ने वडा अध्यक्ष राजु लामा बताउँछन । बाटो बनाउँदा आउने पर्यटकको लागी समस्य निम्त्याउनु हुदैन सहज तरिकाले सडकको काम गर्नु पर्ने पर्यटन व्यावसायि एवं वडा अध्यक्ष राजु लामाले बताए ।

संघिय सरकार र ठेकेदार कम्पनीको कारण तातोपानीका स्थानीय र व्यावसायिहरुले हरेक बर्ष दुख पाइरहेको बताए । सरकार र ठेकेदार कम्पनीका कारण हामी जनप्रतिनिधिले गाली खानु पर्ने अबस्था आएको भोटेकोसी गाउँपालिका २ का वडा अध्यक्ष कुमार श्रेष्ठले बताए ।

सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर सुरज महर्जन ले भने ठेक्का लगाएको चार बर्ष भयो तर अहिलेसम्म काम भएको छैन । यसले गर्दा समस्या महर्जनले बताए । उनले भने, अब जसरी पनि सडक खुलाउन पर्छ बन्द गर्न हुदैन डिभिजन कार्यालय चरिकोटले भएको श्रोत साधन प्रयोग गरेर सडक खुलाउन लागि पर्ने महर्जनले बताए ।

निरन्तरको बर्षाले अरनिको राजमार्ग कोदारीको इकोमा सडक भासिएको छ त्यसले गर्दा नेपालको भन्सार यार्डमा कन्टेनर आउन सकेको छैन । अहिले नाका बाट नेपाल कन्टेनर आउने अबस्था नरहेको भन्सार कार्यालय तातोपानीका सूचना अधिकारी सुर्य प्रसाद काफ्लेले बताए ।

पहिरो पन्छाउन माथील्लो भोगको बस्ती बग्ने भएपछि स्थानीयले सडक खुलाउन अवरोध गरेका थिए । स्थानीयको बस्ती जोगाएर सडक खुलाउन भोटेकोसी गाउँपालिकाका जनप्रतिनिधिले बुधबार स्थानीय नागरिक, प्रहरी प्रशासन भन्सार कार्यालय र नाका सम्बद्ध व्यावसायिहरुको साझेदारमा बिहिवार सडकको पहिरो पन्छाउने सहमति भएपछि अहिले सडक निर्माण गर्न सबै निकाय लागि परेका छ। चीनको सीमा क्षेत्रमा अड्किएका कतिपय कन्टेनरमा फलफूल, लसुन, प्याज लगायत समान छ्न ती सामान भने कुहिने डरले व्यावसायि आतिन थालेका छन् । वर्षात नरोकिएसम्म समस्या तत्कालै समाधान हुने अवस्था देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्