काठमाडौँ ।
भोटेकोशी गाउँपालिकाले अरनिको राजमार्ग अन्तर्गतको कोदारी खण्डको ईको पहिरो व्यवस्थापनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ । आज गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा लगायतको टोलीले मन्त्रालयमै पुगेर ज्ञापनपत्र समेत बुझएको छ ।
बर्षायाम सुरु भएसगै पटकपटक पहिरोका कारण अबरुद्ध भएको अरनिको राजमार्ग छिमेकी मित्रराष्ट्र चीनसँग जोड्ने पहिलो सडक मार्गमा क्षति पुर्याएको र पासाङ ल्हामु राजमार्ग अन्तर्गतको रसुवागढी नाका र चीन जोड्ने मितेरी पुल बगाउनुका साथै उक्त स्थान सम्म पुग्ने मुख्य द्वार इको पहिरोमा अवरुद्ध भएको सडकको लागी पर्याप्त बजेटको ब्यस्था गरी पुन निर्माण गर्न माग गरेको छ ।
“रााष्ट्रिय राजमार्ग अन्तर्गतको महत्वपुर्ण अरनिको राजमार्ग सल्लाघारी देखि कोदारी सम्म ११४ कि.मी रहेको छ। अरनिको राजमार्ग छिमेकी मित्रराष्ट्र चीनसँग जोड्ने पहिलो सडक मार्ग हो । असार २४ गते भोटेकोशी नदीमा आएको वाढीका कारण मित्रराष्ट्र चीनसँग जोडिएको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको रसुवागढी नाका र चीन जोड्ने मितेरी पुल बगाउनुका साथै सडक पूर्वाधार क्षतविक्षत भइ उक्त राजमार्ग पूर्ण रुपमा बन्द भएको अवस्था छ । जसको कारण पूनः एक पटक अरनिको राजमार्ग चीन संग जोड्ने एकमात्र विकल्प बनेको छ । रसुवागढी नाका भइ चीन जाने व्यवसायी, मानसरोवर जाने तिर्थयात्री र मितेरी पुल पारी अडकिएको सामाग्रीहरु यसै राजमार्ग भइ काठमाडौँ आइरहेको छ। जसले गर्दा यस राजमार्गमा सवारी साधनको चाप उच्च रुपमा बढ्न गएको जानकारी ज्ञापनपत्रमा गराइएको छ ।
साथै निरन्तरको वर्षाले गर्दा यस राजमार्गको कोदारी खण्डको ईको पहिरोले प्रत्येक वर्ष राजमार्ग अवरुद्ध गर्दै आएको छ । हाल सवारीसाधनको संख्यामा उच्च वृद्धि भएको सन्दर्भमा दिनहुँ पटक पटक खस्ने पहिरोका कारण प्रत्येक दिन वाटो अवरुद्ध भइरहेको छ। यो समस्या धेरै पुरानो भएता पनि सम्बोधन हुन नसक्दा यातायात सञ्चालन नियमित र सुरक्षित हुन सकेको छैन। यहि पहिरोले गर्दा प्रत्येक दिन हजारौ पर्यटक, सयौं मालबाहक कन्टेनर, यात्रुवाहक वस÷जिप लगायतको आवतजावतमा कठिनाइ हुनुका साथै राज्यलाई करोडौं रुपैयाको राजश्व असुलीमा समेत असर परेको छ। उक्त इको पहिरोका कारण माथिल्लो भेगमा रहेको बस्तीका सयौं घरहरु जोखिममा पर्नुका साथै कुनै पनि बेला ठुलो विपद निम्तिन सक्ने खतरा बढेकोले इको पहिरो पूनः निर्माण तथा मर्मतमा ढिलाई हुँदा समग्र गाउँपालिका, जिल्ला र देशकै विकासमा समेत प्रत्यक्ष असर परेको हुँदा माननीय मन्त्रीज्यू समक्ष अत्यन्तै महत्वको राष्ट्रिय राजमार्गको अन्तर्गतको कोदारी खण्डको इको पहिरोको तत्काल रोकथाम र पूनः निर्माणमा पर्याप्त बजेट विनियोजन गरि तुरुन्तै काम शुरु गर्न हामी यस भोटेकोशी गाउँपालिकाको जनप्रतिनिधिको हैसियतले ध्यानाकर्षण सहित यो ज्ञापनपत्र पेश गर्दछौं ।” राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौँ र सडक विभाग, बबरमहललाई बोधार्थ सहित पेश गरीएको पत्रमा भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्