तातोपानी ।
उत्तरी सीमा तातोपानी नाका व्यावसायिहरुको लागी बर्षात सुरु भएसगै सास्ती बन्ने गरेको छ । कम्जोर भौगोलिक अबस्था र सरकारको ध्यान नपुग्दा तातोपानीबाट व्यावसाय गर्ने आयत कर्ताले बर्खायम सुरु भएसगै सास्ती भोग्नु परेको हो । २०७२ को भुकम्पपछि अरनिको राजमार्गमा पर्ने बाह्रबिसे कोदारी सडकखण्डबाट ब्यापारी आजित बन्न थालेका छन् ।
बाढी र पहिरोका कारण सडक भासीने र पहिरोले अबरुद्ध हुने भएपछि आयत कर्तामा निरास छाएको छ । तर व्यावसायिको छाता संगठन नेपाल हिमालय सिमापार, सिन्धुपाल्चोक उद्योग बाणिज्य सघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा. ली ढुवानी कर्ता सिल्क ट्रान्सपोर्ट लगायतले सरकारको मुख ताक्न भन्दा सडक खुलाउन आफै प्रयत्न गर्दै आएका छन् । हरेक हप्ता कतैन कतै सडक अबरोध हुने हुँदा व्यावसायिहरु मारमा परेको नेपाल हिमालय सिमापार बाणिज्य सघका अध्यक्ष रामहरि कार्कीले बताए । गत असार २४ को बाढीपछि क्षती ब्यहोरेको रसुवा नाका बन्द भएपछि व्यावसायि चाप बढेको तातोपानी नाका पनि उस्तै अबस्था पुगेको छ । बर्षा भएसगै आउने बाढी पहिरोले ठाउँ ठाउँमा सडक अबरुद्ध हुँदा व्यावसायि चिन्तित बन्न थालेका छन् ।
नेपाल हिमालय सिमापारका अध्यक्ष रामहरि कार्कीले भने, अब साना–साना प्राकृति विपत्तिमा सिमापारले नेतृत्व गरेर तातोपानी नाका खोल्न र व्यावसायिलाई सहयोग गर्न तयार छ । आगामी दिनमा आउने समस्यालाई सिमापारले समन्वय गरेर अगाडि बढदै जाने अध्यक्ष कार्कीले बताए ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन्, तातोपानी नाका बाढी पहिरोको जोखिममा छ, हामी आउदो दिनमा कसरी विपत्तिको सामना गर्ने भन्ने बारेमा व्यावसायिहरुसग छलफल गरेर अगाडि बढेका छौ, चाडपर्व आइसकेको छ । व्यावसायिहरुलाइ तातोपानी नाकाबाट सामान आयात गर्न हामी सहज बनाउदै लैजाने छौ।, निर्धक्क भएर तातोपानी नाकाबाट व्यावसायि गर्न अध्यक्ष बस्नेतले व्यावसायिहरुलाइ सुझाए ।
सरकारले यो नाकालाइ भौतिक रुपमा ब्यबस्थापन गर्न कुनै चासो दिएको छैन । हरेक अप्ठ्यारो र विपत्तिमा निजि क्षेत्र नै अग्रसरता भएर बाटो खोल्नु परेको छ। भएको सडक नखुलेपछी अहिले स्थानीय वासी, वडा अध्यक्ष र निजि क्षेत्रले सडक निर्माण गर्न लागी परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए ।
सरकारले साना– साना बजेट हालेर टार्ने काम गरेको छ काम गर्छ तर दिगो भएको छैन यसलाई सरकारले प्राथमिकता दिएर अगाडि भौतिक पुर्वाधारलाइ बलियो बनाउन पर्ने व्यावसायि बलराम ढकालले बताए । भौगोलिक हिसाबले कम्जोर भएको कारण हरेक बर्ष विपत्ति खेप्नु परेको ढकालले बताए ।
हामीले अहिले अरनिको राजमार्गमा स्काभेटर, ट्रीफर,जेसिभी लगायतका सामाग्री नाका केन्द्रित गरेका छौ, बाढी पहिरोका कारण सडक अबरुद्ध हुँदा हामीले आफ्नो स्रोत साधन प्रयोग गरेर सडक खोल्ने काम गर्दै आएका छौ, सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख अमित कुमार श्रेष्ठले बताए । अहिले धेरै ठेक्का लागिसकेको छ आगामी दिनमा सहज बन्दै जाने डिभिजन प्रमुख श्रेष्ठले बताए ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडाल भन्छन्, जति जति उत्तर लाग्यो उतिनै भौगोलिक अबस्था कम्जोर छ। यसलाई सरकारले छिटोभन्दा छिटो निर्माण गरे तातोपानी नाकाबाट आयात सहज हुने भन्सार अधिकृत चुडालले बताए ।
हरेक बर्ष तातोपानी नाकामा बाढी र पहिरोको कारण अबरुद्ध हुँदै आएको छ । चाडपर्व नजिकिदै छ । तर नाकाबाट आयात भने सहज भएको छैन । अत असोज दोस्रो साता अविरल बर्षासगैको बाढीले अरनिको राजमार्गमा पर्ने लार्चा र लिपिङ खोलाको पुल बगाएपछि त्यतिबेला २८ दिन नाकाबाट आयात ठप्प बनेको थियोे । बाह्रबिसे देखि तातोपानी कोदारी २६“किलोमीटर सडक बर्षा सुरु भएसगै सधैं समस्यामा पर्छ, यो ठाँउ भौगोलिक हिसाबले पनि कम्जोर छ। यसले गर्दा राजस्व असुलीमा समेत असर पर्दै आएको छ । सरकार उत्तरको तातोपानी नाकालाई लयमा फर्काउन भौतिक सरचना निर्माणमा जोड्दिनुपर्ने यहाँका नागरिक तथा व्यावसायिहरुको गुनासो छ ।







प्रतिक्रिया दिनुहोस्