images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ।

सोसँगै नेपालमा पनि पेट्रोलियम सस्तिएको हो।

प्रतिक्रिया दिनुहोस्

images
images
images