images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो।

images
images

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ।

सोसँगै नेपालमा पनि पेट्रोलियम सस्तिएको हो।

प्रतिक्रिया दिनुहोस्