images
images

नेपालका कारागारमा १५ सयभन्दा बढी विदेशी कैदीबन्दी

नेपालका जेलमा १ हजार ५ सय ११ जना विदेशी कैदीबन्दी छन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, साइबर अपराध, ठगी, सुन तस्करी, अप्राकृति मैथुन, चोरीलगायत अपराधमा संलग्न विदेशी नागरिकले नेपालमा जेलजीवन काटिरहेका हुन् ।

कारागार व्यवस्थापन विभागका अनुसार भारत, चीन, भुटान, बंगलादेश, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्यान्ड, इरान, जाम्बिया, सिएरालियोन, नाइजेरिया, लाइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्यान्ड, पोल्यान्ड, स्वीजरल्यान्ड, आइभोरी कोस्ट, माली, तान्जानिया, फ्रान्स र गिनियासहित ३० देशका नागरिक नेपालका जेलमा कैद छन्।
कैदीबन्दीमध्ये १ हजार २ सय ९० जना भारतीय नागरिक छन्। भारतीयपछि भुटानी नागरिक ९० जना, चिनियाँ ३० जना, बंगलादेशी २५ जना, रोमानियाली २ जना, जर्मन नागरिक १ जना, ३२ जना पाकिस्तानी, १ जना इटालियन, ५ जना दक्षिण अफ्रिकी, १ जना नेदरल्यान्डका नागरिक, १ जना इरानी, १ जना जाम्बियाली, ८ जना नाइजेरियाली, २ जना लाइबेरियाली, ३ जना भियतनामी, २ जना जापानी, ३ जना सिएरालियोनी, १ जना अष्ट्रियाली, १ जना फिलिपिनी, १ जना मोजाम्बिकन, ३ जना अमेरिकी, २ जना थाइ, २ जना पोलिस, १ जना स्वीस, १ जना आइभोरियन, १ जना मालियन, ५ जना तान्जानियाली, ३ जना फ्रेन्च र १ जना गिनियाली नागरिक छन्।

images
images

 

प्रतिक्रिया दिनुहोस्