images
images

वाग्मती प्रदेश सरकारको राजश्व बढाउने योजना

मकवानपुर । वाग्मती प्रदेश सरकारले आन्तरिक आय बढाउने र राजश्व सङ्कलनका क्षेत्र निर्धारणका लागि कार्यदल निर्माण गरी अध्ययन अघि बढाउने एको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले राजश्व चुहावट, सङ्कलन व्यवस्थापन तथा दर र दायरालाई व्यावहारिक तथा वैज्ञानिक बनाउने गरी कार्यदल बनाएर काम गर्ने जनाएको हो ।

images
images

प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने गरी कार्यदल बनाएर अध्ययन थालिनेछ ।

कार्यदलले अध्ययनमा सम्भावित कर संरचना सुधार, व्यापारिक गतिविधिहरूको प्रोत्साहन र आर्थिक स्रोतहरूको उत्तम व्यवस्थापनका उपाय समेट्ने जनाइएको छ ।

प्रदेशको आन्तरिक राजश्व बढाउन, असंगठित क्षेत्रलाई औपचारिक बनाउने र दीर्घकालीन आर्थिक स्थिरता कायम राख्नका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश सरकारको विश्वास छ । प्रदेशका आर्थिक र राजश्वका स्रोतहरूको गहिरो मूल्यांकन, राज्यका उत्पादन र सेवाहरूको वृद्धिमा जोड दिने उपाय अन्वेषण गर्ने गरी कार्यदलले काम थाल्ने भएको हो ।

संघीय सरकारले निर्धारित गर्ने कर नीति र आर्थिक निर्णयहरूबाट प्रभावित प्रदेशको आर्थिक योजना, प्राविधिक कार्यहरू व्यवस्थित गर्न कार्यदलको प्रतिवेदन महत्त्वपूर्ण हुनेछ । कार्यदलले प्रदेशको राजश्व सुधारको योजनासहित खर्च व्यवस्थापनको विषयमा समेत अध्ययन गर्नेछ ।

प्रदेशको आयस्रोत धेरै नहुँदा बजेटका लागि संघीय सरकारमै निर्भर हुनु परेकाले बजेटमाथिको अस्वाभाविक भार कम गर्न संरचनागत सुधारका लागि सुझाव पेश गर्नेगरी कार्यदललाई काम गर्ने जिम्मेवारी दिइएको छ ।
‘कार्यदलले सरकारको खर्च व्यवस्थापन, संरचनागत सुधार, नीति तथा कानुनलाई अनुकूल बनाउने बारेमा अध्ययन गर्नेछ ।

आन्तरिक आयस्रोत व्यवस्थापन, छुट तथा सुविधाका विषय निर्धारण, छुटेका र महत्त्वपूर्ण विषय समेट्ने विषयमा समेत कार्यदलले अध्ययन गरेर काम गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्