ताताेपानी ।
चिनसँगकाे उत्तरी सीमा नाका तातोपानीमा कोदारी सडकखण्ड अबरुद्ध बन्न पुग्दा नाका साता दिन देखि अस्तब्यस्त बनेको छ । नेपाल तर्फको सडकमा पहिरो झरेपछी तातोपानी नाकाबाट एक साता देखि आयात ठप्प बनेको हो ।
अरनिको राजमार्ग स्थित कोदारी सडक खण्डमा एक साता अघि झरेको पहिरो पन्छाउन नसक्दा व्यावसायी कारोबार देखी स्थानीयलाई आवतजावतमा समेत समस्या परेको छ ।
रसुवा नाकामा बाढीले क्षती पुर्याएपछि तातोपानीमा आयातको चाप बाढ्दो क्रममा छ । तर नाकामा सडक समस्यका कारण व्यावसायी चिन्तित बनेका छन् । झन्डै महिना दिन अघि हालेको सामान नाकामा रोकिएपछि तातोपानीबाट व्यावसायि गर्नेहरु मारमा परेका हुन ।
व्यावसायिले दशै लक्षित सामान हालेका छन तर सडक अहिलेसम्म नखुल्दा उनीहरुमा निराश छाएको नाका सम्बद्ध व्यावसायीहरु बताउछन् ।
नेपाली व्यावसायीहरुले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएको छ भने कतिपय सामान न्यालमको वयरहाउसमा छन् । बर्षातको समयमा बाढी र पहिरोको समस्या आइपरे पनि व्यावसायिहरु तातोपानी नाकाबाट आयात गर्न बाध्य छन् ।
यही समस्या हो भने, दशै तिहारका लागी ल्याइएका सामान समयमा नै बजारमा पुग्न नसक्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य सघले जनाएको छ ।
बाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले भने, जाडो महिनाको रेडिमेट सामान जल मार्गबाट हालेका छन्, ती सामान दशै तिहार पछिको लागी हो तर अहिले दशै हिराको लागी हालिएको सामान तातोपानी नाका र चिनियाँ भागमा अडिएका छन् । यसले गर्दा सामान बजारमा समयमा नपुग्दा बजार महङ्गी हुने अध्यक्ष बस्नेतले बताए ।
फलफूल कुहिन थालेपछि बोकाएर ल्याउन थाले
तातोपानी नाकामा सडक बन्द भएपछि नेपाल छिरेका कन्टेनरको सामान बोकाउन थालिएको छ । बर्खायममा पानी परेर सडक अबरुद्ध भएपछि व्यावसायीले फलफूल बोकाएर पहिरो पार गर्न थालेका छन् । तातोपानीका मजदुरलाई बोकाएर कन्टेनरबाट पल्टी गरेर भन्सार यार्डमा लगेको ढुवानी कर्ताहरुले बताएका छन ।
एक साता देखि सडक बन्द हुँदा स्याउ,आँप,अङ्गुर, लसुन, प्याज लगायत कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डसम्म लगिएको हो । नाकाको सडक खोल्न अझै केही समय लाग्ने भएकाले कुहिने सामान बोकाएको भन्सार ल्याउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । कतिपय फलफूल बोकेका गाडी चीनको भागमा अड्किएको छ त्यसमा समेत समस्या आएको ढुवानी कर्ता ट्रान्सपोटहरुले बताएका छन।
फलफूल कुहिने डरले मजदुरलाई बोकाएर भएपछि भन्सार यार्ड पुर्याएको उनीहरुले बताए । हरेक बर्ष इकोमा पहिरो झर्ने गर्छ, बर्षातसगै आएको पहिरोमा अहिले लेदो बग्दै छ। भने पैदल यात्रा गर्न समेत गाह्रो भएको छ । वडा अध्यक्ष कुमार श्रेष्ठले भने, हामीले माथीबाट आएको पहिरो पन्छाएर सडक खोल्न लागी परेका छौं, पहिरो माथि बस्ती छ त्यसलाई समेत जोगाएर सडक संचालनमा ल्याउने अध्यक्ष श्रेष्ठले बताए । अहिले पनि सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटको अगुवाइमा नाका सम्बद्ध व्यावसायी जुटिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्