images
images

कोदारी खण्डको इकोमा सडक अबरुद्ध, नेपाल भित्रिने कन्टेनर समस्यामा

सिन्धुपाल्चोक ।
अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका वडा नम्बर २ मा पर्ने इकोमा माथीबाट ढुङ्गा सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अबरुद्ध हुन पुगेको सडक डिभिजन कार्यालय चरिकोटले बताएको छ ।

आइतबार बिहानै देखि बन्द भएको सडक सोमबार दिउँसोबाट संचालनमा अएसंगै आवतजावत सहज बनेको थियो । तर रातभर निरन्तरको बर्षासंगै मंगलवार बिहानै कोदारिको इकोमा पहिरो खसेपछी अहिले सडक पूर्णरुपमा बन्द भएको डिभिजन कार्यालय चरिकोटले बताएको छ ।

images
images

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार हिजो सडक सञ्चालन गरेर  १८/ २० वटा खाली कन्टेनर चीन तर्फ पठाएकाको र अहिले बिहान पहिरो आएपछि सडक बन्द भएपछि उतै रोकिएको छ । पटक-पटक सडक बन्द हुँदा यातायात क्षेत्रसंगै आयातमा समस्या परेको अध्यक्ष बस्नेतले बताए । हिजो ४० फुटे कन्टेनर चीन तर्फ पठाएको र आज कन्टेनर धमाधम आउछ तर सडक अबरुद्ध हुदा समस्य आइपरेको बस्नेतले बताए ।

अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो । अहिले सडक डिभिजन कार्यालय चरिकोट, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत नाका सम्बद्ध व्यावसायिहरु सडक खुलाउन लागि परेको नेपाल कन्टेनर ढुवानी सेवा प्रा. लीका अध्यक्ष अर्जुन सापकोटाले बताए । रसुवा नाका बन्द भएपछि व्यावसायिहरुले तातोपानीबाट आयात थालेका छन् । तातोपानी क्षेत्रको सडकका कारण व्यावसायिहरु हैरानी भइसकेका छन् ।

पहिरोको कारण बाटो बन्द भएपछी उक्त स्थानमा पैदल यात्रीलाई समेत समस्या परेको छ । निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । वर्षाको समयमा पहिरो खस्नुका साथै ढुङ्गाहरू सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ । अहिले पनि तातोपानी क्षेत्रमा बर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्