images
images

सरकारी सयन्त्रसँग समन्वय गरेर निजि क्षेत्र जुटे सडक खुलाउन

तातोपानी ।

एक हप्ता देखि सडक अबरुद्ध बन्न पुग्दा आयात ठप्प बनेको उत्तरी नाका तातोपानी शनिबार बिहानबाट संचालनमा आएको छ ।अरनिको राजमार्ग कोदारी स्थित इको पहिरोमा सडक भासीदा नाकाबाट एक साता देखि आयात ठप्प बनेको हो ।

images
images

हरेक बर्ष बर्षातको समयमा बाढी पहिरोको सास्ती खेप्नु पर्ने तातोपानीबाट यसपटक पनि उस्तै सास्ती खेप्नु परेको व्यावसायिहरु बताउँछन । गत साता कोदारिको इको पहिरोमा सडक भासिएपछि सडक खुलाउन जुटेको सडक डिभिजन कार्यालय चरिकोटले प्रयास गरेपनि अप्ठ्यारो परेपछि डिभिजन कार्यालयसग निजि क्षेत्र पनि जोडिएका हुन । सडक डिभिजन कार्यालय चरिकोटले दैनिकी आफ्नो स्रोत साधन प्रयोग गरेर सडक खुलाउन लागेपनि अप्ठ्यारो परिस्थिति आइपरेकोले नाका सम्बद्ध निजिक्षेत्र सडक खुलाउन लागि परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा .लीका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

एक हप्ता देखि सडक अबरुद्ध छ, गत असार २४ मा आएको बाढिबाट रसुवा नाका बन्द भएपछि व्यावसायिहरुले तातोपानीबाट आयात थालेका छन् । यता पनि नाका बन्द हुँदा व्यावसायि मारमा परेको अध्यक्ष सापकोटाले बताए । हामीले सरकारी निकायसग समन्वय गरेर आज बाटो खुलाएका छौं, हरेक बर्ष बर्षयाम सुरु भएसगै यो क्षेत्रमा सडक अबरुद्ध हुने गरेको छ । गत बर्ष पनि प्राकृति विपत्तिको मार खेपेको तातोपानी नाकामा यसबर्ष पनि सडक अबरुद्ध हुने र भासिने भइरहेको छ। यसले गर्दा राजस्व संकलन देखि व्यावसायिले मार खेप्नु परेको छ । नाकामा समस्या आएपछि नेपाल हिमाल सिमापार बाणिज्य सघले सडक खुलाउन पहल गरेको सिमापारका महासचिव रामचन्द्र पराजुलीले बताए ।

हामी व्यावसायिहरुको छाता संघसंगठनले सरकारी सम्यन्त्रसग समन्वय गरेर अबरुद्ध बनेको बाटो खोल्न सहयोग गरेका छौं, महासचिव पराजुलीले भने,। त्यही अनुसार हामीले व्यावसायिहरुसग समेत समन्वय गरेको पराजुलीले बताए ।

कोदारिको इको पहिरोले हरेक बर्ष दुख दिने गरेको हामीलाई जानकारी नै छ त्यही अनुसार सिन्धुपाल्चोक उद्योग बाणिज्य सघले सबै निकायसग समन्वय गरेर काम गरिरहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

अबरुद्ध सडक खुलाउन एकहप्ता देखि विभिन्न ट्रान्सपोर्ट कम्पनीहरु समेत जुटेका छन । तातोपानी भन्सार कार्यालयका अनुसार असार २४ गतेको बाढीपछि रसुवा नाका बन्द छ । तातोपानी नाकाबाट आयात फलफूलको आयात थालेका व्यावसायिहरु बाटो अबरुद्ध हुँदा मारमा परेका छन् ।

अहिले नाकासम्बद्व व्यावसायि र ढुवानी कर्ता ट्रान्सपोर्ट कम्पनीहरु लागि परेका हुन। चाडपर्व नजिकिएसगै आयात बढ्न थालेको छ । तर भौगोलिक अबस्थाका कारण भने समस्या निम्तिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्