images
images

उत्पादनका लागि तयार मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्देशक शाक्यद्वारा निरिक्षण

काठमाडौँ ।
पूर्णतः स्वदेशी सीप र पुँजीबाट बन्ने सर्वाधिक ठुलो अयोजनाको रूपमा रहेको भोटेकोसी जलविद्युत आयोजनाले बिद्युत उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो । आयोजनाको नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोसी जलविद्युत योजनाका सम्बद्ध अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन समेत दिएका छन् ।

‘निर्देशक शाक्यले आयोजना अन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिनुभएको छ’, प्राधिकरण स्रोतले भन्यो । यसका साथै पावर हाउस लगायतका सबै पूर्वाधारहरु भोटेकोसीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएका थिए। ‘उहाँले पावर हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउन सक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिनुभयो’, श्रोतको भनाइ थियो ।

images
images

लामो समयको प्रतीक्षापछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोसी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुङ्गो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रबिसे– लप्सिफेदी प्रसारण लाइनबाट विद्युत् प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरू सँग सहमति हुन नसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केबर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्