images
images

तौथलीमा आधुनिक पूर्वाधारसहित स्वास्थ्य चौकी सञ्चालनमा, स्थानीयलाई सहज सेवा

तौथली । त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोकको वडा नं. ५ तौथलीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको औपचारिक उद्घाटन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, उपाध्यक्ष गीता कुमारी नेपाल लगायतका जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा आयोजित कार्यक्रममा भवन उद्घाटन गरिएको हो।

यससँगै गाउँपालिकाभित्रका सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको छ, जसलाई स्थानीय तहको स्वास्थ्य पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

images
images

गाउँपालिकाका अनुसार सामुदायिक स्वास्थ्य इकाईका भवनहरू पनि निर्माणको अन्तिम चरणमा पुगेका छन्। ती भवनहरू सञ्चालनमा आएपछि दुर्गम तथा टाढाका बस्तीमा बसोबास गर्ने नागरिकहरूले नजिकैबाट स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। यसले सेवा पहुँच बढाउनुका साथै बिरामीको समय र खर्च बचतमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

स्थानीय सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेको उल्लेख गर्दै गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको संरक्षण र कार्यान्वयनमा आफूहरू सदैव अग्रसर रहने गाउँपालिकाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्