मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्याप्त जानकारी बिना विदेश जानेहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको छ । उहाँले असंगठित रुपमा वैदेशिक रोजगारीको शिलशिलामा जाने क्रममा प्रयाप्त जानकारी नहुँदा मानव बेचविखनको घटनाहरु बढ्न थालेकाले यसको न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
आइतबार (आज) मेलम्ची नगरपालिकाको समन्वय तथा सुनिता फाउन्डेसनको आयोजनामा मानव बेचविखनबाट प्रभावित व्यक्तिहरुको सशक्तीकरणका लागि साझा प्रयास समन्वय वैठकमा आफ्नो धारणा राख्दै उहाँले प्रभावितहरुको सहयोगमा नगरले आबश्यक सहयोग गर्ने बताए ।
उपप्रमुख उमा प्रधानले आवश्यक थप निति तथा कार्यक्रम बनाउन निर्माण गरिने बताउँदै महिला संगै पुरुषको पनि समस्या हुने भएकाले यस तर्फपनि ध्यान दिनुपर्ने बताए ।
संस्थाका प्रबन्ध निर्देशक स्वस्तिका दनुवारले संस्थाले डोनरले सहयोग गर्दा सम्म मात्र कार्यक्रम सञ्चालन गर्न सक्ने भएकाले स्थानीय सरकारले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नगरपालिकाका महिला विकास निरीक्षक लक्ष्मी परियारले मेलम्ची नगरपालिकाले गरिरहेका कामको बारेमा जानकारी गराए ।
नगरपालिकाक बिभिन्न शाखा प्रमुखहरु, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक सुकदेव पौडेल, सरोकारवालाहरुको सहभागिता रहेको वैठकमा फाउन्डेसनले मेलम्चीमा सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा परियोजना अधिकृत संगीता नेपालीले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्