images
images

काठमाडौँमा दुई समूहको प्रदर्शनः सुरक्षा व्यवस्था कडा

आज समाजवादी मोर्चा र राजावादीले काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।
समाजवादी मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीले तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेका छन्। दुई समूहबीच भेट हुन नदिन स्थानीय प्रशासनले राजावादी समूहलाई रिङरोडभित्र प्रवेशै गर्न नदिने तयारी गरेको छ।

चार दलीय समाजवादी मोर्चाले भने रिङरोडभित्रका विभिन्न क्षेत्रबाट जुलुश प्रदर्शन गर्दैछन्।

images
images

सभाअघि काठमाडौँका सातवटा रुट हुँदै प्रदर्शन गरिने मोर्चाले जनाएको छ।
दुर्गा प्रसाइँ नेतृत्वको राजावादीहरुको जुलुस भने तीनकुनेमा पुगेर सभामा परिणत हुने तयारी छ।

भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने कार्यक्रम छ।

त्यसैगरि जोरपाटी, बौद्ध, चाबहिल, गौशाला हुँदै अर्को जुलुस तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी स्थानीय प्रशासनले राजावादी समूहको लागि अर्को रुट निर्धारण गरेको छ।

कलंकीतर्फबाट निस्किने राजावादीको जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने तय भएको छ। दुई समूहको प्रदर्शनलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्