images
images

माओवादीको तराई-मधेश जागरण अभियान पुनः स्थगित

माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित भएको छ।

माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको जनाइएको छ।

images
images

यसैबीच चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने माओवादीले जनाएको छ।

गत फागुन १२ गते झापाको कचनकवलबाट शुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर पुगेर स्थगित भएको थियो। उक्त अभियान गएको बिहीबारदेखि पुनः बाराबाट सुरु भएको थियो।

अभियानअन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ।

चितवनमा स्थगित भएको अभियान यही चैत १६ गतेबाट नवलपुरबाट पुनः अघि बढेर नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली हुँदै कञ्चनपुर पुगेर पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस्