एमाले निकट प्रेस चौतारीको केन्द्रीय महाधिवेशन विराटनगरमा जारी छ।
अधिवेशनअन्तर्गत भएको बन्द सत्रले प्रेस चौतारीको आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ। योसँगै आजबाट निर्वाचन प्रक्रिया अघि बढ्दै छ।
यसअघि एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले चुनाव गर्न नसकिने खालको अभिव्यक्ति दिएका थिए।
उद्घाटनदेखि नै प्रेस चौतारीको नेतृत्व चयनको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुँदै आएको छ।
एमालेअध्यक्ष केपी शर्मा ओलीले चौतारीको अध्यक्ष गणेश पाण्डे र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएको विषय बाहिरिपछि कार्यकर्तामा असन्तुष्टि देखिएको हो।
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र राजेश राई आकाङ्क्षी छन्। दुईमध्ये पाण्डेलाई अध्यक्ष बनाउन ओलीको निर्देशन छ। प्रतिनिधिहरूले महाधिवेशनलाई स्वतन्त्र छाडेर निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने वातावरण बनाउन हस्ताक्षर अभियानसमेत चलाइरहेका छन्।
महाधिवेशमा निहित नेतृत्व छान्ने अधिकारलाई पार्टी अध्यक्षले नै केन्द्रबाट हस्तक्षेप गरेको भन्दै भन्दै प्रतिनिधिहरु रुष्ट बनेका हुन्।
निर्वाचनमा जान दिनुपर्ने माग प्रेस चौतारीका सदस्यको छ। शुभेच्छुक संस्थामा पार्टी नेतृत्वले हस्तक्षेप गर्न नहुनेमा प्रेस चौतारीका प्रतिनिधिहरुले जोड दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्