images
images

महानिरीक्षक कुँवर अवकाशमा जाँदै, अब को होला आईजीपी

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट सेवा निवृत्त हुँदै छन् ।
२०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमान्ड गरेको प्रहरी तथ्यांक छ ।

कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदै छन् । त्यस्तै डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गते राति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।
टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण वज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

images
images

अवकाश हुने डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रहरी प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् ।
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्