images
images

धुमधामसँग मनाइयो होली

काठमाडौं। काठमाडौं उपत्यकासहित हिमाली र पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा अर्थात् पर्व रङ्ग खेलेर मनाइएको छ।
काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ।

यहाँ स्वदेशी मात्र नभई विदेशी पनि उत्तिकै रमाएका छन्। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएका छन्।

वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीले समेत मनाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्