images
images

एक सातादेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौंँ । प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ ।
प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार मौसममा आएको खराबीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ । नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको हो ।

images
images

अन्तर्राष्ट्रिय उडानका जहाज काठमाडौँ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ जिरो टुबाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ । आन्तरिक उडानका जहाजलाई लामो धावनमार्ग भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यति धेरै समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

बुधबार र बिहीबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्ष भएको छ । विशेषगरी कोशी, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको थियो । मौसममा सुधार आएसँगै समस्या समाधान हुने विमानस्थलका अधिकारीहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्