images
images

आइएमई पे र खल्तीबीच मर्जर हुने

काठमाडौं । भुक्तानी सेवा प्रदायक दुई संस्था आइएमई पे र खल्तीबीच मर्जर प्रक्रिया अगाडि बढेको छ।

यी दुई कम्पनीहरूबीच मर्जरमा जान सैद्धान्तिक सहमति जुटेको हो । आइएमई पे र खल्तीमा गरी हाल तीन सय जना कर्मचारीले रोजगारी पाएका छन् । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहने बताइएको छ।

images
images

नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै सेयर हिस्सा धेरै रहने तर, मर्जरको लागि आवश्यक सेयर अनुपातको टुंगो भने लाग्न बाँकी रहेको छ।

आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ। आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व रहेको छ।

यस्तै, अमित अग्रवाल लगायतको सेयर स्वामित्व रहेको खल्तीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर रहेको छ।

प्रतिक्रिया दिनुहोस्